१६ बैशाख २०८१, आईतवार

सुर्खेत प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु

राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति

  • न्युज मानसराेवर

कोहलपुर:कर्णालीको विद्युतीकरणका लागि कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । वि.सं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निणर्यले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । जस पश्चात  निर्माणको बाटो खुलेको हो ।

विद्युत् प्रसारण लाइन अन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको बाटो खुलेको आयोजनाले जनाएको हो । विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखमा छपान गरिएको छ । अहिले ती रुखमा छपान गरेर विभागमा विवरण पेस गरिएको छ । विवरण प्रमाणित भएर आएलगत्तै अबको केही दिनमा रुख कटानको काम हुने आयोजनाले जनाएको हो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech