१५ बैशाख २०८१, शनिबार

अमिलियामा पूर्वमहामन्त्री खुमबहादुरको शालिक अनावरण
  • न्युज मानसराेवर

दाङ: दाङको अमेलियामा दाङका चर्चित नेता खुम बहादुर खडकाको पुर्ण कदको शालिक निर्माण सम्पन्न गरि अनावरण गरिएको छ । पुर्व पश्चिम राजमार्ग र तुलसिपुर जाने चोक अमेलियामा एक कार्यक्रमका विच नेपाली कांग्रेसका सभापतिका सभापति शेर वहादुर देउवाले शालिकको अनावरण गरेका हुन ।

सो अवसरमा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काली‍न अवस्थामा खुमबहादुर खड्कालाई झूठो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् । शुक्रबार दाङको लमही नगरपालिका- ९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झूठो मुद्दा लगाएर फसाउन खोजिएको टिप्पणी गरे ।

स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको उनले स्मरण गरे । खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व कांग्रेसजनको भएको उनको भनाइ छ । खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech