५ जेष्ठ २०८१, शनिबार

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ
  • न्युज मानसराेवर

कपिलवस्तु:  कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसबापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech