१२ श्रावण २०८१, शनिबार

बोल्ड लिडर टिकाराम सुवेदी : अवसानका १४ बर्ष

सुवेदीको हटाथ मृत्युले कोहलपुरको एक बोल्ड लिडर गुमाएको महशुस भएको छ : रावत

  • प्रमोद रिजाल

कोहलपुर,बाँके:आज भन्दा १४ बर्ष अघि कोहलपुरका एक योद्धालाई कोहलपुरले हटाथ गुमाएको थियो । राजनैतिक, शैक्षिक र समग्र कोहलपुरको विकासका निम्ति बुलंन्द आवाज राख्न सक्ने हक्कि निडर र शाहसि नेता टिकाराम सुवेदीको अवसान भएको आज १४ बर्ष पुरा भएको छ ।

तत्कालिन प्याव्सन केन्द्रिय उपाध्यक्ष, क्रिसा बाँकेका संयोजक तथा एमाले बाँकेका नेताका रुपमा रहेका स्व. टिकाराम सुवेदीलाई उनैले स्थापना गरेको वाल ज्योती माध्यामिक विद्यालयले बार्षिक रुपमा उनको स्मृतीमा बिभिन्न कार्यक्रम गर्दै स्मरण गर्ने गरेको भएपनि तत्कालिन समयमा उनी आवद्ध तथा संबद्ध संस्था तथा पार्टिले भने आजका मिति सम्म कुनै स्मरणका कार्यक्रम गरेको भने पाईदैन ।

शुरुका दिनहरुमा सुवेदीको चर्चा गरेर नथाक्ने एमालेले आफना अग्रज नेताको स्मृती सभा समेत गर्न नसक्नु उनका समकालिन नेताहरु वताउछन । शैक्षिक संस्थाहरुको छाता संगठन प्याव्सनका केन्द्रिय उपाध्यक्षको स्मृतीमा पनि प्याव्सनले कुनै कार्यक्रम राख्ने गरेको छैन भने क्रिसा बाँकेले शुरुका बर्षहरुमा उनको स्मृतीमा कार्यक्रमको आयोजना गर्ने गरेकोमा नेतृत्व परिवर्तनसंगै उनको स्मृती दिवस समेत हराउदै गएको शैक्षिक अभियान्ताहरु स्वयम स्विकार्छन ।

२०२० साल कार्तिक २३ गते स्याङ्जा जिल्लामा जन्मिएका सुवेदी २०६७ जेष्ठ ५ गते बेलुका पुर्व पश्चिम राजमार्ग अन्तरगत ढकेरी पुल नजिक सडक दुर्घटनामा परि गम्भिर घाईते थिए ।

उनी सवार भे २ प ४९०१ नम्वरको मोटरसाईकल र भे १ त ३१७९ नंम्वरको एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका सुवेदीलाई अत्याधिक रक्त स्रावसंगै प्राथामिक उपचार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको भएपनि थप उपचारका लागि लखनउ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको उनीसंग गएका चिकित्सकहरुले वताएका थिए ।

२०४७ साल अघि राम जानकि माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका सुवेदीले २०४७ सालमा आफनै नाममा वाल ज्योती अंग्रेजी माध्यामि विद्यालय सञ्चालनमा ल्याउदै पार्टि तथा शैक्षिक संघ संगठन र संस्थाहरुमा क्रियाशिल रहेका सुवेदीको हटाथ मृत्युले कोहलपुरको एक बोल्ड लिडर गुमाएको महशुस गर्छन उनका समकालिन राजनैतिक नेता लुट वहादुर रावत ।

बोल्न नडराउने, मुख्य परिवर्तनमा एजेण्डाहरुमा अडान लिने अडिग नेता तथा शाहसि एबं हक्कि स्वाभाव भएको नेता सुवेदी रहेको भन्दै पुर्व नगर प्रमुख समेत रहेका रावतले पार्टिले स्मरण नगर्नु दुखद भएको औंल्याएका छन । पार्टि पंतिमा संगठन निर्माण देखि द्धन्द्धकालमा सेना प्रहरी र माओवादी विद्रोहीसंग आमने सामने गर्ने नेता सुवेदीलाई अव मृत्यु पछि जति वर्णन गरेपनि कमै हुने भन्दै रावतले ६२ /६३ को आन्दोलनमा अग्रपंत्तिमा उभिने योद्धाको समेत संग्या दिन पछि परेनन ।

सुवेदीका अर्का राजनैतिक सहकर्मि हुन देवराज भार उनले निर्भिक, कर्तब्य निष्ट र एक होनहार समाजसेवी गुमाएको भन्दै पार्टिको आजकै दिन जिल्ला अधिबेशन भएकाले पनि उनको स्मृती कार्यक्रम तय गर्न विलम्व भएको प्रतिक्रिया दिएका छन ।

५ गते सडक दुर्घटनामा परेर ६ गते मृत्यु वरण गरेका सुवेदीको हरेक बर्ष विद्यालयले उनको स्मरण गर्दै आएको छ तेस्रो स्मृती सभादेखि विद्यालयमा शुरु गरिएको वाल कोपिला र वाल प्रतिभा मासिक भित्ते पत्रिकालाई निरन्तरत दिएको छ भने उनको स्मृतीमा बिभिन्न रचनात्मक कार्यक्रमका अलावा साहित्य कार्यक्रम, स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।

यस बर्ष सुवेदीको १४ औं स्मृती दिवसका अवसरमा बृहत साहित्यिक कार्यक्रम तथा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने क्रममा आज शनिवार अग्रज र अनुज एउटै मञ्चमा भन्ने मुल नाराका साथ बृहत साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको प्रांगणमा आज शुभ प्रभातमै आयोजित उक्त कार्यक्रममा वाल ज्योतीमा अध्यनरत सिता सारु मगर, आदर्श काफले, समि वोहरा, विपिन सिंह र उषा वलि तथा साहित्यकारहरु गजलतर्फ हुकम धडकन, मुक्तकतर्फ शान्ति अधिकारी, र कवितातर्फ हेम प्रकास मञ्जिल अग्रज र अनुज एउटै मञ्चमा पलेटि कसेर साहित्यिक सिर्जनाहरु वाचन गरेका थिए ।

हुकुम धडकनका गजल, शान्ति अधिकारीका मुक्तक र हेम प्रकास मञ्जिलका कविताको भरपुर रस्वास्वादन गराएका दर्शक दिर्घाका पाठकहरु, स्रोतहरुलाई सुवेदीको स्मृती दिवसलाई फरक ढंगले प्रस्तुत गरेको सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी एबं प्राज्ञ महानन्द ढकालले आफुले देखेको टिकाराम सरवारे चर्चा गर्दै कोहलपुरको शिक्षा क्षेत्रलाई सुवेदीले दिएको योगदानलाई कोहलपुरवासिले कदर गर्नुपर्ने धारणा ब्यक्त गरे ।


हरेक शैक्षिक, राजनैतिक एबं सामाजिक क्षेत्रमा सुवेदीको यागदान रहेको बताउदै प्राज्ञ ढकालले उनले अवलम्वन गरेको बाटो र उनले जन्माएको शैक्षिक संस्थाले देशका सक्षम युवा र उर्जावान शक्ति निर्माणमा हरदम प्रयासरत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रमका बिशिष्ट अतिथी कोहलपुर बाङ्मयका अध्यक्ष एबं साहित्यकार केशवराज सिग्देलले आफु र सुवेदीको आत्मिक सम्वन्ध भएको स्मरण गर्दै उनले सत्मार्गमा हिडन सिकाएको प्रति कृतज्ञता प्रकट गर्दै सुवदीले छोडेर गएका पदचापहरुलाई पछयाउन सके सफल र सचेत नागरिक हुनसक्ने धारणा राखे ।

कोहलपुरको शिक्षामा ५० दशकको तुलनामा अहिले ८० को दशक सम्म पुग्दा निकै फडको मारेको चर्चा गर्दै  सिग्देलले यस्ता शैक्षिक गतिविधि र शिक्षाको श्रीबृद्धिमा लाग्ने शैक्षिक अभियान्ताहरुको कोहलपुरले स्मरण नगरि सुखै नभएको बताए ।

विद्यालयका संस्थापक लक्ष्मिदेवी सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले टिकाराम सरको अभाव विद्यालयलाई मात्र नभएर सिंगो कोहलपुर र देशलाई भईरहेको औंल्याउदै प्याव्सनका केन्द्रिय उपाध्यक्ष समेत भईसकेका ब्यक्ति अहिले हामीमाझ भएको भए कोहलपुरको शैक्षिक अभियानले निकै फडको मारिसक्ने विश्वास ब्यक्त गरे । सुवदीको अवसान पछि विद्यालयको नेतृत्व गर्न आफु आएको स्मरण गर्दै पौडेलले आफुले अथक प्रयास र मेहनतवाट विद्यालयमा गुणस्तरीय शिक्षाका अलावा अतिरीक्त शिक्षालाई सक्षम तथा सवल हिसावले डोहोरयाउन सफल भएको जिकिर गरे ।

उनले आफनो विद्यालयवाट उत्पादित डाक्टरहरुवाट सुवदीकै स्मृतीमा भोलि ६ र ७ गते बृहत स्वास्थ्य शिविरको आयोजना गरेर विद्यालयको नाम चिनाउन सफल आफना विद्यार्थी डाक्टरहरुलाई सम्मानित भुमिका समेत प्रदान गर्ने कार्यक्रम तय भएको जनाए ।

पुर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार सागर गैरे, अध्यक्ष कपिल अन्जान तथा पुर्णिमा साहित्य प्रतिष्ठान संबद्ध साहित्य अनुरागिहरु, कोहलपुर नगरपालिका वडा नं. ११ का पुर्व वडाध्यक्ष कर्ण वहादुर थापा, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बलराम काफले ,राम जानकी माध्यामिक विद्यालयका निर्देशक दिनेश सिग्देल, कथाकारद्धय सुमित्रा न्यौपाने र अन्जु न्यौपाने विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु एबं पत्रकारहरुको बाक्लो उपस्थितीमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश मरासिनीले गरेका थिए भने विद्यालयका सहायक प्रिन्सिपल एबं स्वर्गिय सुवेदी पुत्र चिरिञ्जिवी सुवेदीले समेत रचना वाचन गरेका थिए ।

भिडियो १

भिडियो २

  • ५ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech