२० बैशाख २०८१, बिहीबार

बाँकेमा निष्कासन गरियो दुई परिक्षा गार्ड
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेमा माध्यमिक शिक्षा परीक्षा एसइईका २ जना परीक्षा गार्डलाई निष्कासन गरीएको छ । चैत १५ देखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा बाँकेमा २ जना परीक्षा गार्डलाई कारबाही गरिएको हो ।

उनीहरूलाई जारी एसइईमा परिक्षा गार्डका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख राम सुरेश यादवले जानकारी दिएका छन । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका बासुदेव स्थित जगतज्योती माद्यामिक विद्यालय र नरैनापुर ४ स्थित जयकिसान माविका १–१ जना परिक्षा गार्डलाई कारबाही गरिएको समन्वय इकाइ प्रमुख यादवले न्युज मानसरोवरसंगको कुराकानिमा भने ।

जिल्लामा एसइई परीक्षा शान्तिपूर्ण रूपमा संचालन भएको र ‘परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ,’ उनेले भने ‘हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।’

यस वर्ष बाँकेबाट ९ हजार ६ सय ८० परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ६ हजार ४ सय ४० छात्रा र ३ हजार २ सय ४० छात्रले परीक्षा दिइरहेका छन् । ३ सय ५७ जनाले प्राविधिक तर्फ परीक्षा दिइ रहेका छन् ।

 

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech