५ जेष्ठ २०८१, शनिबार

‘देश जोगाउन यो व्यवस्था फेर्नुपर्छ’ : दुर्गा प्रसाई
  • न्युज मानसराेवर

नेपालगन्ज : ‘राष्ट्र राष्ट्रियता धर्म सँंस्कृति र नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईले बर्तमान व्यवस्था परिर्वतनले मात्र देशले निकास पाउने बताएका छन् ।

नेपालगन्ज आएका उनले भने, ‘मैले यो अभियान सुरु नगरेको भए धेरै नेपाली मर्ने थिए, हाम्रो अभियान देश बचाउने, नागरिक बचाउनलाई हो । देश जोगाउन एकघर एक दुर्गा प्रसाई बन्नुहोस् ।’ यही चैत्र २२ गते जुम्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुधबार दिउँसो नेपालगन्ज आईपुगेका हुन् ।

प्रसाईले भने, ‘नेपालका भ्रष्ट, माफियाहरुलाई एक घर एक दुर्गा प्रसाईँले नलखेट्दासम्म हामी राम्रोसँग बाँच्दैनौ, कुन राजनीतिक पार्टी हो, हामीलाई मतलब भएन, आफू बाँच्न, देश जोगाउन हाम्रो झण्डा बचाउन म तपाईहरुको साथ दिन आएको हो ।’

महाअभियान नेपालका बाँकेका संयोजक तेजनारायण कडेँलका अनुसार संयोजक प्रसाई कोहलपुरस्थित सेन्ट्रल प्लाजामा बस्ने छन् । बाँके बसाईका क्रममा उनले अभियानका सदस्य तथा समर्थकहरुसँग छलफल गर्नेछन् ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech