२० बैशाख २०८१, बिहीबार

बैजनाथको विकासका लागि संघिय सरकारको ध्यानाकर्षण

सांसदसहित गाउँपालिकाका जनप्रतिनिधि सहभागी

  • न्युज मानसराेवर

बैजनाथ,बाँके : बैजनाथ गाउँपालिकाको विकासका लागि संघिय सरकारको ध्यानाकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीसहित एक टोलीले काठमाडौंमा उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेको हो । टोलीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघीय र लुम्बिनी प्रदेशका सांसदसहित गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् ।

गाउँपालिकाको विकासका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्नुपर्ने लगायत माग राखेर उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुलाई भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सांसद आशा बि.क., नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका सांसद सुर्य ढकाल, एमालेका तर्फबाट लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, बैजनाथ गाउँपालिकाका वडाअध्यक्षहरु, पार्टीका बैजनाथ स्तरिय नेताहरु लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष शाहीले सिद्धान्त फरकम भएपनि बैजनाथ गाउँपालिकाको समग्र विकासका लागि बैजनाथका जनप्रतिनिधि, स्थानीय सरकार सबै एक रहेको बताए । २०७१ सालदेखि सञ्चालनमा आउन नसकेको नौवस्तास्थित जनताको बस्ती ब्यवस्थापनसहित औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्नेमा सबै सहमत भएको बताए । औद्योगिक क्षेत्र चाडै सञ्चालनमा आउनेमा विश्वस्त रहेको अध्यक्ष शाहीले सुनाए ।

 

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech