१८ बैशाख २०८१, मंगलवार

कौसिल्या अस्पताल कोहलपुरद्धारा शैक्षिक संस्था लक्षित कार्यक्रममा सम्झौता

गरिव, सिमान्तकृत तथा मुक्त कमैयाहरुका निम्ति अस्पतालले बिषेस छुटका साथ उपचार गर्दै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ स्थित कौसिल्या अस्पताल प्रालिले शैक्षिक संस्थालक्षित नयाँ उपचार योजना ल्याएको छ । सेवा क्षेत्रमा रहेका विद्यालय, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर नयाँ उपचार विधि ल्याएको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालको नयाँ योजनाअनुसार वार्षिक एकसय रुपियाँमा दुई पटक स्वास्थ्य जाँच गर्न सकिने जनाइएको छ । सो योजनाअन्तर्गत कौसिल्या अस्पताल र बैजनाथ गाउँपालिका–२ स्थित दीपज्योति विद्या निकेतनबिच वार्षिक सम्झौता गरिएको अस्पतालमा निर्देशक रामप्रसाद न्यौपानेले बताए ।

सम्झौता अनुसार एकसय रुपियाँमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी तथा अभिभावकको दुई पटकसम्म स्वास्थ्य चेकजाँच गरिनेछ । प्रत्येक व्यक्तिले एकसय रुपियाँ तिरेमा वर्षमा दुई पटक स्वास्थ्य जाँच गर्न पाउनेसम्बन्धी सम्झौतामा कौसिल्या अस्पताल प्रालिका निर्देशक रामप्रसाद न्यौपाने र दीपज्योति विद्या निकेतन बैजनाथका प्रधानाध्यापक संस्थापक लक्ष्मणबहादुर सिंहले हस्ताक्षर गरेर आदान प्रदान गरेका छन ।

सम्झौता अनुसार विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएको छ । सबै नागरिकले न्यूनतम शुल्कमा स्वास्थ्य उपचार गर्ने अवसर पाउन् भन्ने उद्देश्यले यो योजना ल्याइएको अस्पतालले जनाएको छ ।

साथै विद्यालयका बालबालिकाको शिक्षाका साथै बालबालिका र अभिभावकलाई पनि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख शङ्कर न्यौपानेले बताए । एक जना विद्यार्थीले वार्षिक एकसय रुपियाँ तिरेपछि अस्पतालले वर्षमा दुई पटक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ छ ।

अस्पतालले कोहलपुर क्षेत्रमै विरामीहरुलाई अक्युपञ्चर सेवा समेत दिंदै आएको छ । २ दशक देखि निरन्तर अक्युपञ्चर सेवा दिंदै आएको बताउदै अस्पतालको प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले अक्युपञ्चर सेवाका लागि पुर्व मेचि देखि पश्चिम महाकालि सम्मका सेवाग्राहिहरुले लाभ लिंदै निको भएर जाने गरेको अनुभव सुनाउछन ।

गरिव, सिमान्तकृत तथा मुक्त कमैयाहरुका निम्ति अस्पतालले बिषेस छुटका साथ उपचार गर्दै आएको छ । स्वास्थ्य क्षेत्र सेवाको क्षेत्र समेत भएकाले सस्तो र भरपुर्दो उपचार विधि लन्च गर्दै अगाडि बढिरहेको कौसिल्या अस्पताल निमुखाहरुका निम्ति वरदान सावित भएको उपचारमा आएका एक विरामीले न्युज मानसरोवरलाई वताए ।

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech