१८ बैशाख २०८१, मंगलवार

कोहलपुरमा गुरुकुल सकर स्कुलको सातौं वार्षिकोत्सव सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर: कोहलपुरको गुरुकुल सकर स्कुलले आफ्नो सातौं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा वर्षभरी भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल, गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, गुरुकुल सकर स्कुल संचालक समिति सदस्य कमल खत्री, प्रिन्सिपल आशादेवी शाही, पत्रकार दिप्ती भंट्ट लगायतले विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा रहेको गुरुकुल सकर स्कुलले हरेक वर्ष स्तर उन्नति गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको वडा अध्यक्ष रिजालले बताए ।

कार्यक्रममा २०८० को उत्कृष्ट शिक्षकको रुपमा दिलसरा वलीसँगै विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत गौतमले गुरुकुल सकर स्कुलले हरेक वर्ष भौतिक पुर्वाधारसँगै शिक्षाको क्षेत्रमा पनि सुधार गर्दै गएको बताइन् ।

गुरुकुल सकर स्कुलका अध्यक्ष शाहीले विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताए ।  गुरुकुल सकर स्कुलको प्रिन्सिपल आशादेवीले कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयले प्रविधिसँगै गुणस्तरीय शिक्षामा केन्द्रित भएर काम गरिरहेको बताइन् ।

  • २६ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech