१७ बैशाख २०८१, सोमबार

कोहलपुरदेखि देउराली सम्म अपहिल साइक्लिङ प्रतियोगिता हुदै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नयाँ वर्षको अवसर पारेर कोहलपुरदेखि देउराली सम्म लुम्बिनी प्रदेश स्तरिय देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लव कोहलपुरको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाख १ गते देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुन लागेको हो ।

लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुनेछन भने नेपाल आर्मीका खेलाडीहरुले समेत आफनो सहभागी जनाउने क्लवका संरक्षक केशर आलेले जानकारी दिए । देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गरी यस क्षेत्रको वातावरणको संरक्षण तथा संवद्र्धन तथा साइकल प्रयोग संकारको रुपमा विकास गराउने उद्देश्यका साथ हुन लागेको साइक्लिङ कम्पिटिसन कोहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेको देउराली मन्दिरसम्म पुग्नेछ।

महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने संरक्षक आलेले वताए।
साइक्लिङ क्लवका अध्यक्ष जनक वलीका अनुसार विहान ७ बजे कोहलपुर नगरपालिकाबाट शुरु हुने प्रतियोगिता विहान ११ बजे देउरालीमा समापन हुनेछ।

साइक्लिङ कम्पिटिसनका लागि कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ भने गोरखा युनाइटेड पब्लिक स्कुल र नागरिक हस्पिटल कोहलपुरको सह प्रायोजन रहने छ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech