१८ बैशाख २०८१, मंगलवार

आफैले जन्माएर शिशुलाई  मकै बारीमा फाल्ने निर्दयी आमा पक्राउ
  • न्युज मानसराेवर

कोहलपुर:आफैले जन्माएर शिशुलाई  मकै बारीमा फाल्ने निर्दयी आमालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ ओभरीस्थित मकै बारीमा सालनालसहित फालिएको अवस्थामा प्रहरीले नवजात शिशुको बुधबार सकुशल उद्धार गरेको थियो ।

मकैबारीमा सालनालसहित नवजात शिशु फालेर भागेकी राप्तीसोनारी-४ कुम्भरकी २६ वर्षीया सीता थारुलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय ज्योती खड्काले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको शिशु फेला पारेकि थिइन । त्यसपछि उनलेे  प्रहरीलाई खबर गरेकी थिइन् ।

ईलाका प्रहरी कार्यालय धामपुरको नियन्त्रणमा रहेकी सीताले नवजात शिशु फालेको स्वीकार गरेकी छन् । शिशुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको एनआईसियू कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

  • १ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech