१८ बैशाख २०८१, मंगलवार

झ्यालको तार काटेर हतियार प्रहार गर्ने कुरेसी पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा किशोरीलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चैत्र २९ गते जाजरकोट घर भई नेपालगन्जमा भाडामा बस्दै आएकी किशोरीको हत्या प्रयास भएको थियो ।

झ्यालको तार काटेर कोठामा प्रवेश गरेर १९ बर्षीया किशोरीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने अफाग कुरेसीले ज्यान मार्ने उद्देश्यले धारिलो हतियारले टाउको, गर्धन र निधारमा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले फरार कुरेसीलाई बैशाख १ गते नेपाल–भारत सीमाबाट पक्राउ गरी थप कारवाही अगाडि बढाएको जानकारी दिएका छन् ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech