१८ बैशाख २०८१, मंगलवार

कोहलपुर: ठकुरी एकता समाजको शुभकामना आदान प्रदान
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: ‘सामाजिक बिकास,साँस्कृतिक पहिचान र संरक्षणको आबस्यकता ठकुरी एकता समाजको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ ठकुरी एकता समाज कोहलपुर ३,बाँकेले नयाँ बर्ष २०८१ सालको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

समाजको अध्यक्ष हिमाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती ठकुरी सहयोग सञ्जाल बाँके अध्यक्ष दिपक बहादुर शाही, बिशिष्ट अथिती दर्शन समाज दाँङका सल्लाहकार प्रदिप कुमार शाह लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समाजको उपाध्यक्ष गिता शाहीको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन केशव शाहीले गरेका थिए। २०० बढिको सभागिता रहेको ठकुरी एकता समाजको शुभकामना आदान प्रदान कार्यक्रम कोहलपुर ३ मा रहेको गुरुकुल सकर स्कुलको सभाहलमा सम्पन्न भएको  ठकुरी एकता समाजले जनाएको छ ।

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech