२० बैशाख २०८१, बिहीबार

कोहलपुरमा एम्वुलेन्स भित्रका सामान चोरी, २ प्रहरी फन्दामा

घटनावारे प्रहरीले थप अनुसन्धान गर्दै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एक एम्वुलेन्समा एम्बुलेन्स भित्र रहेका सामानहरु चोरी गर्ने २ जना प्रहरीको फन्दामा परेका छन।

फन्दामा पर्नेहरुमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ का उमेश खत्री र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २४ का सञ्जु विसुङ्गे रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

उनीहरुले धनसिंहपुर कैलाली स्वास्थ्य चौकीको सु.प्र. ०१ -००१ झ ०५१२ नम्बरको एम्बुलेन्सको लक तोडी एम्बुलेन्स भित्र रहेको १० लिटरको अक्सिजन थान १, सोहिमा प्रयोग हुने फलो मीटर १ थान थोरी गरेका थिए । चोरी भएको सामान सहित दुवैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ।

अस्पताल परिसरमा पार्किग गरिराखेको एम्वुलेन्सबाटै सामान चोरी हुन थालेपछि एम्वुलेन्स चालकहरुले असुरक्षित महशुस गरेका छन । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech