१७ बैशाख २०८१, सोमबार

सवारीधनीलाई बाँके प्रहरीले बुझायो हराएको मोटरसाइकल
  • न्युज मानसराेवर

नेपालगन्ज: जिल्ला प्रहरी बाँकेले हराएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको छ ।  नेपालगन्ज-१८ स्थित बागेश्वरी रोधी घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा हराएको मोटरसाइकल फेला पारी सवारी धनी बर्दियाका सन्दीप थारुलाई बुझाएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

मोटरसाइकल हराएको सूचना पाए लगत्तै जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा रहेको उक्त भे १२ प ७७४३ नम्बरको मोटरसाइकल फेला पार्दै आज बर्दियाको राजापुर-२ का थारुलाई हस्तान्तरण गरेको हो ।

अवैध सामग्रीसहित मोटरसाइकल बरामद

बाँके प्रहरीको टोलीले  भारतबाट भन्सार छ्ली गरेर ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामग्रीसहित दुई जना व्यक्ति र उनीहरुले सामग्री ओसार्न प्रयोग गरिएको दुई वटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीको टोलीले नेपालगन्ज-१५ र १६ बाट भन्सार छ्ली गरेर ल्याइँदै गरिएको अवैध लत्ताकपडा, टायल, कार्पेट तथा कस्मेटिक सामग्री बरामद गरेको हो । साथै प्रहरीले तस्करीमा प्रयोग गरिएका दुई मोटरसाइकलसहित दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ । जिल्ला प्रहरी बाँकेले बरामद गरिएको सबै अवैध भन्सार छलीका सामग्री, पक्राउ परेका दुई जनासहित दुई वटा मोटरसाइकललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जनाएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech