१७ बैशाख २०८१, सोमबार

भुकम्प प्रभावित ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरीएको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको हो । आज वैशाख ४ गते विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनाएको छ ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्र.अ. गोरख बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्रशेखर जोशी,बारेकोट ५ का वडाअध्यक्ष गोरख बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्य समिति सदस्य नवीन गिरी, बिष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको वताईएको हो ।

विद्यालयका प्र.अ. गोरख बहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्‍याउने गरि आफ्नो विद्यालयमा शैक्षिक सामाग्रि वितरणको गरेको आभार ब्यक्त गर्दै यस्ता सामाजिक काममा सामाजिक संघ संस्थाहरुको महत्वपुर्ण भुमिका हुने औंल्याए । कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कापिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न र प्रत्यक्ष भेट्न पाउदा आफु थप उत्साहित भएको वताए ।

परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरू देशका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गरे । कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान समेत गरेको थियोे ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech