१७ बैशाख २०८१, सोमबार

बाँकेमा पनि क्रिप्टो करेन्सीको कारोबार ! दुई पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज:  गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१८ भाटभटेनि नजिक केही ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गर्ने सुराकिको आधारमा दुई व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

लामो सय गैर कानुनी रुपमा कारोबार गर्दै आएको गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.२० बस्ने अमृत कुमार वर्मा र जिल्ला बाँके जानकी गा.पा. १ बस्ने रियाज खाँलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी गराउनु भयो ।

मुद्रा विनिमय र क्रिप्टो करेन्सीको अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड सम्मको अबैध कारोबार गरेको कसूरमा पक्राउ गरेको प्रवक्ता डागीले बताउनुभयो । निजहरुलाई हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा सम्मानित बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech