१८ बैशाख २०८१, मंगलवार

आज रामनवमी पर्व, देशैभरि सार्वजनिक बिदा

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।आज नेपालगञ्जको वागेश्वरी मन्दिर जनकपुरको जानकी मन्दिरमा भक्तजनहरुको निकै भिड हुने गरेको पाईन्छ । हिन्दु धर्मालम्विहरुले मन्दिरहरुमा गएर राम अवतार भगवानको पुजाआरधाना गर्ने परम्परा रहदै आएको छ ।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ।

आज भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो। मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ। आज रामको नाममा पूजापाठ गरे, नदीमा स्नान गरेर पून्य आर्जन हुन्छ भन्ने मान्यता छ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech