१८ बैशाख २०८१, मंगलवार

नेपालबाट भारततर्फ लैजादै गरेको चुरोट बरामद
  • न्युज मानसराेवर

नेपालगन्ज : अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त चुरोट अन्दाजी मुल्य एक लाख अन्ठाउन्न हजार सात सय बिस रुपैया बराबरको रहेको जनाईएको छ । अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले फेला पारी ढुवानीमा संलग्न ३ जना व्यक्ति सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको जनाएको छ ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech