१८ बैशाख २०८१, मंगलवार

कजरिया ब्रान्डको टायल अव कोहलपुरबाटै उपलब्ध
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा भारतको नम्बर एक ब्रान्डको टायल कम्पनी कजरिया ब्रान्डको शो रुम खुलेको छ । कोहलपुर डाईनामिक स्कुलको पश्चिमतर्फ रहेको दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्रान्डको टायलको शो रुम संचालनमा ल्याएको हो ।

करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्रान्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त ग्रिनाइट र स्नेटरीका ब्रान्डेड सामाग्रीहरु पनि सुपथ मुल्यमा उपलब्ध हुने दुर्जया इन्टरनेशनलका निर्देशक रबिन घिमिरेले बताए ।

शो रुम शुभारम्भ समारोहमा कजरियाका नेपाल सेल्स म्यानेजर , बिकास खनालले आगामी तीन महिना भित्रै कजरियाले रमेश कर्पोरेसनसंगको ज्वाइन्ट भेन्चरमा नबलपरासी जिल्लाको बर्दघाटमा नया उद्योग स्थापना गरेर कजरिया रमेश ब्रान्डका नामबाट टायल उत्पादन सुरू गर्न लागेको बताएका छन ।

नेपाल मै ब्रान्डेड टायल उत्पादन सुरू भएपछि उपभोक्ताहरूले सहज रूपमा ब्रान्डेड टायल पाउन सक्ने सक्ने मात्र नभई रोजगारिको समेत सिर्जना हुने वताए । कम्पनीका डिस्प्ले म्यानेजर रुपक बस्नेत, एरिया सेल्स म्यानेजर बिमल ज्ञवाली , क्यारोबिटका नेपाल सेल्स म्यानेजर जयन्त अर्यालले शो रुम संचालनमा आए पछि कोहलपुर लगायत पश्चिम नेपालका उपभोक्ताहरुले भारत कै नम्बर वान ब्रान्डको रुमा रहेका कजरियाका टायल लगायतका सामाग्रीहरु सुपथ मुल्यमा सहज रुपमा पाउन सक्ने बताए ।

शो रुम उदघाटन समारोहमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण आर्चाय लगायत कोहलपुर क्षेत्रका उद्योगी ब्यबसायीहरुले दुर्जया इन्टरनेशनलका संचालकहरुलाई कोहलपुरमा भब्य शो रुम खोलेर कारोबार शुभारम्भ गरेको बताउदै ब्यबसायिक सफलताको शुभकामना दिएका थिए ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech