१९ बैशाख २०८१, बुधबार

नेपालगन्जबाट स्रोत नखुलेको रकम सहित पाल अख्तियारको फन्दामा

चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल पक्राउ

  • न्युज मानसराेवर

नेपालगन्ज : जिल्ला कैलाली राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस सहित अख्तियारले पक्राउ गरेको छ ।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले बुधबार पक्राउ गरेको हो ।

नेपालगन्जको एक होटेलबाट पाललाई सेवाग्राहीबाट १ लाख २० हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको १ हजार ५ रुपैयाँसहित पक्राउ गरिएको अख्तियारका प्रवक्तानरहरि घिमिरेले विज्ञप्तीमार्फत जनाएका छन् । सेवाग्राहीको सूचनाका आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech