१९ बैशाख २०८१, बुधबार

निकुञ्ज क्षेत्रबाट विद्यालय सम्म पुग्नुपर्ने बाध्यता, जोखिममा वाल शिक्षा मावि कोहलपुरका विद्यार्थी

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र प्राथमिक तहदेखि माध्यमिक तह गरी १८ वटा विद्यालय

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरु जोखिमपूर्ण अवस्थामा छन्।साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि आउँदा र जाँदा वन्यजन्तुको जोखिम बढेको बालबापलकाहरुको भनाई छ। जसले गर्दा बालबालिकामा डर पैदा भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा अवस्थित बाल शिक्षा माविका प्रधान अध्यापक तर्क खत्रीले बताउछन।

वालवालिका मात्र नभएर सोहिमार्ग हुदै कोहलपुर वजार सम्म आवत जावत गर्ने र दाउरा घाँस गर्नेहरुलाई समेत निकै कठिनाई भएको वडा अध्यक्ष डम्बर बहादुर खडकाको भनाई छ । यनका अनुसार भरैया क्षेत्रमा पशु चौपाया समेत निकुञ्जबाट आउने बाघले मार्ने गरेको र जंगलि जनावरले समेत किसानहरुका वालिनालिमा नोक्सानी पुरयाउदा किसानहरु समेत मर्कामा परेका छन ।

उनले निकुञ्ज र सम्बन्धित सरोकारवाला निकायलाई तारबार नभएका खुला स्कुलमा तारबार गरी त्यहाँ अध्ययनरत बालबालिकालाई सुरक्षित राख्नु सबैको दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको औंल्याए।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र प्राथमिक तहदेखि माध्यमिक तह गरी १८ वटा विद्यालय छन्। बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको जोखिम हुनु स्वाभाविक हो। सोही कारणले वन्यजन्तुका आनीबानी र आफू कसरी सुरक्षित हुनुपर्छ भन्नेबारेमा सर्वसाधारण आफैँ पनि सचेत हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र खड्का बताउछन।

विशेष गरेर विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण सहायक उमेश पौडेलको जोड छ। उनले बालबालिकालाई वन संरक्षण अनि त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले निरन्तर सिकाउनुपर्ने र जथाभाबी वनजङ्गल नजाने जानै परे समूहमा जाने सुझाव दिए।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले पहिलो प्राथमिकतामा राखेर तारबार नगरेका विद्यालयमा तारबार गरेर जीवन सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ।

यस्तै वन्यजन्तुबाट हुने सम्भावित आक्रमणबाट बच्न विद्यार्थी लगायत अन्य सर्वसाधारणलाई समूहमा हिँड्न सुझाव दिए पनि यसको दीर्घकालीन समाधानको रूपमा सरोकारवाला तत्कालै लाग्नुपर्ने स्थानीयहरुको माग छ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech