८ जेष्ठ २०८१, मंगलवार

के उपचार गर्छ शिक्षण अस्पताल कोहलपुर ! मंगलवार बोल्दै गरेको विरामी बुधवार कोमामा (भिडियो)
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बारम्वार विबाद बन्दै आएको स्वास्थ्य संस्था मात्र नभई जिउदा मानिसको प्रयोगशाला हो भन्दा अतिसयोत्ति नहोला । बैशाख १५ गते एक सामान्य मजदुर महिला कोहलपुर २ को १३ विगाह चोकमा सडक दुर्घटनामा परिन । साईकलमा सवार उनलाई पानी बोक्ने पिक अप भेन भे १ च २७६७ ले सडकमा ठक्कर दिएको थियो ।

सडक दुर्घटनामा सामान्य घाईते रहेकी जुना बोहरालाई तत्काल शिक्षण अस्पताल कोहलपुर लगिन्छ र उपचार थालिन्छ तर उक्त भ्यानका मालिक समेत सोहि अस्पतालका स्टाप भएकाले जति खर्च लागे पनि यहि उपचार गर्ने तर अन्यत्र रिफर नगर्ने भन्दै पानी कम्पनिका मालिक समेत रहेका उदित बाबु रेग्मीले शिक्षण अस्पतालमा सेटिङ मिलाएर उपचार गर्दै गर्दा पिडित पक्षले हामी यहा उपचार गराउदैनौ अन्यत्र रिफर गर्न अनुरोध गर्छन । तर पिडित पक्षको कुनै सुनुवाई नभएको घाईते जुना वोहराका दाजु जिवराज वोहरा बताउछन ।

सल्यान बनगाड कुपिण्डे माईती भएकी जुना कोहलपुरमा बसेर आफना २ सन्तानको भरपोषण देखि शिक्षा दिक्षा समेत दिंदै आएकी मंगरलवार सम्म आफना आफन्तलाई चिन्ने मात्र हैन आफुमाथि आई परेको घटना समेत बिस्तृतमा भन्न सक्थिन तर राता रात उनी एकाएक भन्टिलेटरमा लैजाने भन्दै शिक्षण अस्पतालले भनेपछि भने आफन्तहरु छाङ्गाबाट खसे जस्तो भए । जुनाकी आमा ख्याउटि बोहराले बिभिन्न तिगडम गरेर शिक्षण अस्पतालले पिडकको सेटिङमा आफनी छोरी मारीसकेर भ्यान्टिलेटरमा राखेको आरोप लगाउदै दोषिलाई कानुनि कठघरामा ल्याउन आफुले कुनै कसुर बाँकी नराख्ने बताउदै आएकी छिन । तर उनी जिवित रहेको भन्दै अस्पतालले अप्रेसन गर्नुपर्ने भन्दै पिडित परिवारलाई सहमतिको हस्ताक्षरका लागि भन्दै आएको छ ।

यस बिषयमा पत्रकारहरुले पिडित पक्षसंग बुझन खोज्दा शिक्षण अस्पतालका भाडाका सेक्युरिटिहरुले भिडियो खिच्न प्रतिबन्ध समेत लगाएपछि अस्पतालको दोस्रो तलामा केहिबेर पत्रकार र ति भाडाका सेक्युरिटिबिच भनाभन भएको थियो । शिक्षण अस्पताल कोहलपुरका सुचना अधिकारी सञ्जय पन्तले आईसियु भित्र भिडियो खिच्न प्रतिबन्ध भएको बताएपनि उक्त भिडियो कुरुवाहरु बस्ने आईसियु बाहिरका बेञ्चमा बसेर खिचिएको पत्रकार दिनेश न्यौपाने वताउछन ।

यस बिषयमा बुझन खोज्दा पिडकका मालिक उदित बाबु रेग्मिको मोवाईल नं. ९८५८०……..२६७ उठेन गाडि चालक कञ्चनपुरका गणेश कार्कि भने प्रहरी नियन्त्रणमा रहेका छन । हिज मंगलवार कमाउने गाडि ईलाकामा राखेर कसरी उपचार खर्च ब्यहोर्न सक्ने भन्दै पिडित पक्षलाई दवाफदिई गाडि भने छुटाईसकेको छ तर आज वुधवार फेरी गाडिको चावि प्रहरीले लिएको बुझिएको छ ।

समाचार अपडेट

पिडित घाईते जुना बोहराको अहिलेको अबस्था जिब्रो ओठको लेवल सम्म ल्याएको अवस्था रहेको छ भने अन्य हलचल केहि नभएको भर्खरै मात्र आईसियुमा भेटेर आएका आफन्तले न्युज मानसरोवरलाई जनाएका छन । उनलाई बचाउने भन्दा पनि अस्पतालका डाईरेक्टर रेशम रानाले ५/ ७ जना नर्सहरु वरिपरि राखेर उनको शरीरलाई प्रयोगशालाका रुपमा पढाउदै गरेको बुझिएको छ ।

 

घाईतेलाई बचाएर खर्च गरिराख्नु भन्दा मरेपछि खर्च कम हुने मनोविज्ञान बमोजिम जुनाको उपचारमा लापरवाहि गरेको र अन्य शिक्षण संस्थामा पिडित पक्षले रिफर गरे उपचार नगर्ने भनेपछि आज श्रमिक दिवसका दिन एक महिला मजदुर कोमामा पुग्न बाध्य भएकी छिन ।” गरिवको चमेलि बोल्दिने कोहि छैन कोहि छैन”  भन्ने गितले समेत आज श्रमिक दिवसकै दिन मेल खाएको छ ।

यसैविच शिक्षण अस्पतालका भाडाका सेक्युरीटिहरुले आईसियु भित्र मात्र भिडियो खिच्न नदिने अस्पतालको नियम/ निर्देशनलाई लत्याउदै बाहिर कुरुवा स्थलमा पत्रकारहरुलाई दुब्र्यबहार गरेको भन्दै क्रियाशिल पत्रकार कोहलपुरले खेद ब्यक्त गरेको छ । मानिसको अभिब्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरि नागरिकका आवाज मिडियासम्म जाने परिपाटिलाई सुरक्षाको जिम्मा लिएका ब्यक्तिहरुबाट यस्तो घटना हुनु दुखद रहेको भन्दै यस्ता घटना दोहोरयाउदै गएमा कोहलपुरका मिडियाकर्मिहरु चुप लागेर बस्न नसक्ने चेतावनी समेत दिएको छ ।

भिडियो

 

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech