१९ बैशाख २०८१, बुधबार

कोहलपुर १० हाईस्कुल दुर्घटना पिडित प्रकृती चन्दले पाईन १० लाख राहत

राहतले आफु कुनैपनि रुपमा दुखि या खुशि केहि नभएको प्रतिक्रिया चन्दको प्रतिक्रिया

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: २०७६ सालमा बाँके कोहलपुर वडा नं. १० स्थित हाईस्कुलमा भएको डरलाग्दो दुर्घटनाका पिडित प्रकृती चन्दले करिव ५ बर्षपछि भएपनि राहत रकम प्राप्त गरेकी छिन ।विद्यालय जाने क्रममा (तत्कालिन उमेर) १२ बर्षिया प्रकति चन्द्र कोहलपुर नगरपालिका वडा नं १० स्थीत त्रिभुवन माध्यामिक बिद्यालय कोहलपुरमा कक्षा ७ मा अध्यायनरत रहदा  सडक दुर्घटनामा परेकी थिईन ।

२०७६ साल मंशिर २२ गते बिहान करिब साढे ९ बजे अध्ययनका लागी बिद्यालय जाने क्रममा बिद्यालयको मुल गेट अगाडी रहेको राजमार्गको सडक खण्डमा कोहलपुर नगरपालिका वडा नं १४ मा रहेको साबिक बिकाश फ्लोर मिल ( बिकाश फूड प्रोडक्टस ) प्रालिको स्वामित्वमा रहेको बा.२ ख ९४५९ नम्बरको ट्रकले सोही मिति सोही समयमा स्कुटीमा सवार भई गएकी निजलाई स्कुटीबाट ओर्लदा गुडी रहेको उक्त ट्रकले ठक्कर दिदाँ उनी सख्त घाईते भएकी थिईन ।

उनी सख्त घाईते भएपछि त्रिभुवन माविमा अध्यनरत वालवालिकाहरुले कोहलपुर वजार भरि कडा आन्दोलन गर्दै ईप्रका कोहलपुरलाई समेत आशिंक क्षति पुरयाएपछि कर्फयु नै लागेको थियो । घाईतेको उपचारमा लाग्ने सम्पुर्ण खर्च रकम प्रा.लि.ले बहन गरेको भएपनि उनले आफना दुबै खुट्टा भने गुमाउनु परेको थियो । अपांगमैत्रि चियरमा आज राहत रकम बुझन आएकी चन्दले यो राहतले आफु कुनैपनि रुपमा दुखि या खुशि केहि नभएको प्रतिक्रिया ब्यक्त गरेकि छिन ।

आज कोहलपुर ११ पुरानो वसपार्कमा रहेको एक रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बिकाश फूड प्रोडक्टसका प्रतिनिधि प्रदिप कुमार छाछडले १० लाख वरावरको चेक उद्योग ब्यापार संघका अध्यक्ष विष्णु खनाल र गौरव रावलको रोहवरमा पिडितकी आमा भगवति शाहि र स्वयम पिडित प्रकृती चन्दलाई हस्तान्तरण गरेका हुन । सोहि अवसरमा उद्योग बाणिज्य संघ कोहलपुरका महासचिव मात्रिका सापकोटाले पिडितको शिक्षाकालागि भन्दै नगद १० हजार समेत सहयोग गरेका छन ।

चेक प्राप्त गरेपछि छोटो प्रतिक्रिया ब्यक्त गर्दै पिडितकी आमा भगवति शाहिले आफुहरु रहुन्जेल सम्म छोरीलाई कुनै कमि हुन नदिने भन्दै यो रकमलाई खर्च नगरि बैंकमै रहन दिने वताएकी छिन ।दुवै खुट्टा गुमाएको पिडा नानीलाई जति छ त्यस्को दश गुणा बाबु आमालाई पिर भएको औंल्याउदै शाहिले अपांगमैत्रि चेयर मार्फत भित्र वाहिर गराउनुपर्ने, सामान्य काममा समेत सहायकको आवश्यकता पर्ने गरेको भएपनि उस्को भविष्यको लागि कुनै कसुर बाँकी रहन नदिने बताईन ।

यस अघि नै प्रकृतीकालागि त्रिभुवन माविले कक्षा १२ सम्म निशुल्क अध्यनको ब्यबस्था गर्ने घोषणा गरिसकेको छ भने अघिल्लो हप्ता मात्र कोहलपुर आईपुगेका दुर्गा प्रसाईले दुबै खुट्टा फिट गराई हिडडुल गर्न सक्ने बचनबद्धता ब्यक्त गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा बिकाश फूड प्रोडक्टसका प्रतिनिधि प्रदिप कुमार छाछड,उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा, युवा नेता अर्जुन जंग शाह, घरेलु महासंका प्रतिनिधि, विभिन्न क्षेत्रका युवा, पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण कौशिल्या अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले गरेका थिए ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech