२० बैशाख २०८१, बिहीबार

कक्षा ८ को फेक रिजल्ट भाग ३ : तीन विषयमा फेल कसरी भए पास ? छानविन प्रतिवेदन आज आउदै !

शैक्षिक माफियाको जालो तोडने गरि दोषि देखिए जो कोहिलाई पनि निमर्म तरिकाले कारबाहि गरिने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरीय परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट नै फेक देखिएपछि गठन गरिएको छानविन समितीले करिव दुई साता लामो अध्यन अनुसन्धान गरि तयार पारीएको प्रतिवेदन आज सार्वजनिक गरिने नगरपालिका स्रोतले न्युज मानसरोवरलाई बताएको छ ।

 

कुनै एक विद्यालयको नतिजालाई केन्द्रमा राखि न्युज मानसरोवरले सवै नतिजामा शैक्षि माफियाको चलखेल हुन सक्ने भन्दै समाचार प्रकाशित गरेपछि सिंगो कोहलपुर नै तरंगित भएको थियो भने बिभिन्न विद्यालय तथा ब्यक्तिगत रुपमा नगरमा उजुरी समेत परेपछि छानविन समिती थप क्रियाशिल भएको थियो ।

लामो अवधि सम्म उत्तर पुस्तिका चेकजाँच पुन नतिजाको योगफल जाँच र विभिन्न ब्यक्तिहरुसंग वयान समेत लिएको विरेन्द्र कुमार शाहको संयोजकत्वमा गठित छानविन समितीले आज साँझ सम्म प्रतिवेदन सार्वजनिक गर्ने गरि तयारीमा जुटेको समाचार प्राप्त भएको छ । एक अनौपचारीक कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आज ७ गते साँझ सम्म नतिजाबारे आम नागरिकले देखाएको चासोको प्रतिवेदन आउने बताएको पत्रकार विष्णु वेल्वासेले समेत न्युज मानसरोवरलाई वताएका छन ।

नगर प्रमुखले शैक्षिक माफियाको जालो तोडने गरि दोषि देखिए जो कोहिलाई पनि निमर्म तरिकाले कारबाहि गर्ने प्रतिबद्धता समेत यस अघि बताएका थिए । नगर स्रोतले समेत शिक्षामा हुने चलखेल र तिगडमवाजहरुलाई कारवाहि गरेरै छाडने वताएको छ । विगतको रिजल्ट र वर्तमानको रिजल्ट संकलन भिडान र अध्यन समेत नगर प्रमुखले गरिरहेको भन्दै नगरपालिका स्रोतले उत्तर पुस्तिकामा एउटा,उत्तर सिटमा एउटा र कम्प्युटर प्रबिष्टिमा अर्को किसिमको रिजल्ट देखाउनमा संलग्नहरुको पहिचान गर्दै निर्मम रुपले प्रस्तुत हुनेगरि नगर प्रमुखले तयारी गरेको जनाएको छ ।

आर्थिक चलखेल भएको हो वा होईन भन्ने तथ्य समेत नगर प्रमुखले आफै अध्यन गरिरहेको भन्दै नगर स्रोतले जनप्रतिनिधि, शिक्षक, कर्मचारी जो भएपनि कारवाहिको दायरामा ल्याउन नगर नचुक्ने वताईएको छ ।

यद्यापि केहि आफनो विद्यालयमा परीक्षा केन्द्र भएका विद्यालयहरुको अपेक्षा भन्दा फरक नतिजा आएपछि आम नागरिकहरुको कोहलपुर १० को जिवन ज्योती स्कुल र कोहलपुर २ मा रहेको जनज्योती पब्लिक स्कुललाई शंकाको दृष्टिले हेरेका छन । एक शिक्षकका अनुसार ती विद्यालयका परिक्षार्थीहरुले लेखेको उत्तर पुस्तिका हेर्दा लेखिने लिपि बाहेक अन्य कुनै फरक नपाएपछि आफु सोक्ड भएको बताएका छन ।

सहभागि सबैले उत्तर सेम तरिकाले लेखेको र अंक समेत उस्तै प्रकृतीको आएपछि आफु चकित भएको वताएका छन । कक्षा ८को परीक्षा केन्द्र भएका यी विद्यालयले कि त प्रश्न पत्र नै परीक्षा अघि आउट गरेको हुनुपर्छ कि अरु चलखेल गरेको हुनुपर्छ उनले निर्धक्क भने । लिपि फरक हुनु स्वाभाविक हो तर लेखन शैलि, कमा फुल स्टप र प्यारेग्राफ चेन्ज समेत सेम कसरी हुन्छ उनले प्रति प्रश्न गरे । यद्यपि उनले यो वताएपनि आधिकारीक पुष्टि गर्ने कुरा प्रतिवेदनमा आउने कोहलपुरका शैक्षिक अभियानमा लागेका अभियान्ताहरुले अपेक्षा लिएका छन ।

यसैविच नतिजाको चलखेल हुने गरेको थप पुष्टि कोहलपुर १० मा रहेको त्रिभुवन माविको एक घटनाले समेत उजागर गरेको छ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष समेत रहेका रतन बुढाले आफनो छोरा शुभम बुढालाई तीन बिषयमा फेल भएपनि पावरको ईस्तमाल गर्दै पास गराएको नाम नवताउने शर्तमा एक शिक्षकले न्युज मानसरोवरलाई वताएका छन ।

यस विषयमा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रतन बुढासंग कुरा गर्दा उनले आफनो छोरो पढाईमा कमजोर भएको स्विकार गर्दै ३ विषयमा फेल भएको साँचो भएको वताएका छन । तर आफुले कहि कतै पावर नलगाएको भन्दै कपि जाँच गर्ने, उत्तर सिटमा चढाउने कसले के चलखेल गरेर पास गराए आफु अनभिज्ञ रहेको बताएका छन ।

यस्ता स साना छिद्रहरु खोज्दै जाने हो भने कोहलपुरको शिक्षा प्रणाली नै ध्वस्त भई सकेको आकलन गर्न सकिन्छ । अध्यन अध्यापन गर्ने परिपाटीको अन्त्य हुदै चिट चोर्ने चोराउने, प्रश्न पत्र आउट गराएर पास गराउने जस्ता विक्रितिले कोहलपुर एक शैक्षिक हवको परिकल्पना नै उत्तानो पर्ने निश्चित प्राय भएको छ । नगरको लगानि वालुवाको पानी भएपछि शिक्षण संस्थाहरुमा अनुगमनका नाममा जाने, यसो गरियो उसो गरियो भन्दै फोटो शेसन गरि फेसबुकमा फोटो हाल्नेहरु समेत नैतिक संकटमा परेका छन भन्दा अतिसयोक्ति नहोला ।

  • ७ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech