२० बैशाख २०८१, बिहीबार

अमिलिया नजिक आगलागी हुँदा एक वृद्दको मृत्यु
  • न्युज मानसराेवर

लमही: दाङको लमही नगरपालिका-९ तरुलियास्थित एक घरमा आगलागी हुँदा एक वृद्दको मृत्यु भएको छ । एक बालकले लाइटर खेलाउने क्रममा सल्किएको आगोबाट तरूलियाका ८७ वर्षीय बिरबहादुर बोटेको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

गएराति  लाइटरबाट बोटेको खरको छानोको गोठबाट सल्लिएको आगो उनको घरमा पुगेको हो । घरमा आगो सल्किएपछि पैसाको बाकस निकाल्न घरभित्र छिरेर  बोटे पुन: तोरीको बोरा निकाल्न घरमा छिरेका उनको निस्सासिएर लड्दा जलेर मृत्यु भएको अमिलिया प्रहरीले जानकारी दिएको छ ।

उक्त आगो बोटेको घर हुँदै छिमेकी जितबहादुर बोटेको घरमा फैलिएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । बोटेको घरको केही सामान भने निकाल्न संभव भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकलले राति ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

  • ७ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech