२१ बैशाख २०८१, शुक्रबार

खुडा प्रहार गर्न खोज्ने युवक प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० स्थित राझा ऐयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथीबहादुर बुढालाई दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका वडा नं २ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोइराला रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले उक्त धारिलो हतियार खुडा प्रहार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी गराए । उक्त घटनाबारे आवस्यक थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने समेत बताए ।

आफ्नो मोबाइल पसल चलाएर बसेका बुढालाई धारिलो हतियार खुडा निकाली पछाडीबाट गर्धनमा प्रहार गर्न खोजिएको थियो । कोइरालासँग आफ्नो कुनै पूर्व रिसईबी समेत नभएको र खुडा उचाली गर्धनतर्फ प्रहार गर्न थालेको अवस्थामा बुढाको छिमेकीले उनको हात समाती प्रहार गर्नबाट रोकेको बुढाले उल्लेख गरे । बुढाले आफ्नो ज्यानै लिने उद्देश्यका साथ उक्त घटना घटाइएकोले आवस्यक छानबिन गरेर कार्वाही गर्नका लागि उनिविरुद्ध तत्काल प्रहरी कार्यालयमा जोहरी दिने बताए ।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech