२४ बैशाख २०८१, सोमबार

नेपालगञ्जको बालेगाउँमा गाई काटिएको अवस्थामा भेटियो
  • न्युज मानसराेवर

नेपालगञ्ज । नेपालगञ्जको बालेगाउँमा गाई काटिएको अवस्थामा भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ बालेगाउँका श्रवणकुमार सिंहको पाँच महिनाको गर्भवती गाई काटिएको अवस्थामा भेटिएको हो । गाई काटेर मासु लिएर गएको आशंका गरिएको छ । शनिवार मध्यरातमा चोरी भएको गाई आइतबार विहान काटिएको अवस्थामा भेटिएको हो । गोठमा बाँधिएको गाई विहान नदेखेपछि नभएपछि खोज्दै जाँदा गाई काटेर मासु लिएर गएको अवस्थामा भेटिएको सिंहले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, वडा नम्बर १४ का अध्यक्ष मजहर अली साई, वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश बाजपायी लगायत घटनास्थल पुगेका थिए । घटना स्थल पुगेका उनीहरुको रोहवरमा काटिएको गाईलाई जेसिभी लगाएर पुरिएको थियो ।

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech