२१ बैशाख २०८१, शुक्रबार

बाँकेमा ३३ हेक्टर जमिनमा चैते धान रोपाइँ
  • न्युज मानसराेवर

बाँकेमा केही बर्ष देखि चैते धान रोप्न शुरु गरिएको छ । यस बर्ष बाँकेमा ३३ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । फागुनमा राखेको चैते धानको बिउँ तयार भएर किसानले चैत्र महिनाको दोस्रो हप्ताभित्र धान रोपिसकेर गोडमेल गर्नको लागि मलको माग समेत गरिसकेको कृषि ज्ञानकेन्द्र बाँकेका अधिकृत सेतीराम बबालले जानकारी दिनुभयो।

यसबर्ष चैते धान खेतीको लागि कृषि ज्ञान केन्द्र बाँकेले ३१ हेक्टर जमिनको लागि हर्दिनाथ ३ भन्ने जातको धान जुन ११५र१२० दिन भित्र पाक्ने धानको बिउँ, मल र विषादी कृषकलाई निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

बाँकेमा चैते धानका लागि पकेट क्षेत्र नतोकिए पनि बर्ष जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नम्बर ८को टिटिरिया ,झिगौरा, मचरा डुडुवा गाउँपालिका वडा नम्बर ३को सूर्य लालपुर्वा बनकट्टि ,राप्तिसोनारीको फत्तेपुर खजुरा गाउँपालिका वडा नम्बर २ को क गाउँमा चैते धान रोपाई गरिसकिएको किसान बि परियोजनाका कृषि प्राविधिक नारायण खत्रीले जानकारी दिनुभएको छ।

कृषि ज्ञान केन्द्रले केही वर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निःशुल्क रुपमा सहयोग गर्दै आएको छ ।कृषि ज्ञान केन्द्रले २५ हेक्टर जमिनको लागि र केही किसानले आफ्नै लगानीमा र केही बिउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बिउबाट ३३ हेक्टर जमिनमा चैते धान रोपिएको छ।

बाँके जिल्लाभित्र विशेषगरि बार्हैमासे पानीको सुविधा हुने क्षेत्रमा चैते धान रोप्ने गरिएको छ। बाँके जिल्ला भरिका विभिन्न पालिकाका ९२ जना किसानले कृषि ज्ञान केन्द्रबाट बिउ लगेर चैते धान रोपेका छन् ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech