२६ बैशाख २०८१, बुधबार

गोरखा युनाईटेडमा सञ्चालित चार दिने योग शिविरको समापन

गोरखाले कितावि ज्ञानका अलावा नविनतम शिक्षालाई समेत जोडदै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर २ मा रहेको आकर्षक शैक्षिक गन्तब्य गोरखा युनाईटेड पब्लिक स्कुलमा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुकालागि सञ्चालित ४ दिने योग शिविरको समापन गरिएको छ ।

बुधवारदेखि विद्यालयको प्रांगणमा स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मुल मन्त्रकासाथ विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले योग शिविरमा सक्रिय सहभागिता जनाएको विद्यालयका प्रशासकिय अधिकृत कर्ण बहादुर वस्नेतले न्युज मानसरोवरलाई वताएका छन ।

विद्यालय परिवारबाट करिव ७ सय भन्दा बिढले योग शिविरमा सहभागिता जनाउनु भएको छ, ब्यक्तिगत स्वास्थ्य सुधार भए मात्र समाज सुधारमा सकारात्मक सन्देश दिने सकिने भन्दै यो सहभागिताले विद्यालयलाई थप उर्जा प्राप्त भएको वस्नेतको भनाई रहेको छ । वस्नेतले विद्यालयको बार्षिक क्यालेण्डर एबं कार्ययोजना मुताविक त्रैमासिकरुमा योग शिविरको आयोजना गर्दै विद्यालयमा अध्यनरत वालवालिका, शिक्षक कर्मचारी तथा अभिभावकहरुलाई स्वस्थ, स्वच्छ दिमाग र शरीरकालागि महत्वपुर्ण भुमिका खेल्ने योजना रहेको वताएका छन ।

कक्षा ६ देखि माध्यामिक तह सम्मका विद्यार्थीहरुलाई यस्ता नविनतम ज्ञान तथा दर्शन दिन सक्ने हो भने उनीहरुले वाटो विराउने चान्स कम हुने भन्दै अव गोरखाले कितावि ज्ञानका अलावा नविनतम शिक्षालाई समेत जोडदै जाने विद्यालयका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगरको भनाई रहेको छ । कर्मयोग, ज्ञानयोग र भक्तियोग भएमात्र एक वालकले आफनो जिवनको गति लिन सक्ने भन्दै संस्थापक आले मगरले विद्यालयमा सवैखाले क्रियाकलापहरुलाई क्यालेण्डर बमोजिम नै सञ्चालन गर्दै आएको बताए ।

योग शिविरका मुख्य प्रशिक्षक मनोक्रान्ति सेन्टर काठमाण्डौका योगी नवराज छमजिले चार दिन सम्म सहभागिहरुलाई मनोक्रान्ति, ध्यान, योग एबं योगाभ्यासका वारे नयाँ नयाँ आयामहरु सिकाउनुका साथै योगाशनकाबारे दिक्षित गराएका थिए । योग एक किसिमको अनुभूति र रूपान्तरण हो भन्ने मान्यता राख्ने योग गुरु छमजिले योग विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया भएको वताएका छन ।

समापनका अवसरमा योग गुरु छमजिले मानिसले दैनिक गर्ने क्रियाकलापवाट उत्पन्न हुने तनाव ब्यबस्थापनदेखि अन्तरह्दयमा शान्ति पैदा गर्दै मिठो निद्रा प्राप्ति सम्मको यात्रा नै योग भएकाले योग अभ्यासमा सवैलाई जोडिन अनुरोध समेत गरेका छन ।

 

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech