२८ बैशाख २०८१, शुक्रबार

एमाले नगर कमिटि कोहलपुर अधिबेशन : मेजर फाईभमा २० जनाको उम्मेदवारी
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा एमाले नगर कमिटीको दोस्रो नगर अधिबेशन नजिकिंदै गर्दा एमाले नेता कार्यकर्ताहरुलाई चुनावी सरगर्मिले ह्वात्तै छोएको छ । मेजर फाईभ पदाधिकारीहरुकालागि २० जना आकांक्षि देखिएका छन ।

मेजर फाईभमा २० जनाको मनोनयन दर्ता भएको निर्वाचन मण्डलका सदस्य दिल बहादुर परियारले न्युज मानसरोवरलाई जनाए ।
उनले अध्यक्ष एक जनाका लागि कुल बहादुर भट्टराई, अनिता पौडेल र नम प्रसाद शर्माको गरि तीन जनाको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष एकका निम्ति ५ जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गर्नेहरुमा कल्पना शर्मा, सञ्जय कुमार थारु, गोमा कुमारी खनाल, तेज प्रसाद भण्डारी, गितादेवी सुनार रहेका छन ।

यसैगरि एक जना सचिवका लागि ४ जनाको मनोनयन दर्ता भएको छ । सचिवमा हेम कुमार रावत, नव किरण शाह, रमेश मिजार र मिना कुमारी विसिले आफनो मनोनयन पत्र दर्ता गराएका छन । उप सचिवमा सबै भन्दा धेरै मनोनयन दर्ता भएको छ । २ जना उप सचिवकालागि ईन्द्रचोक चौधरी, दिपेन्द्र श्रेष्ठ, अञ्जना धिताल,सुरज वाग्ले, सुमन पौडेल, भिम बहादुर नेपाली, रेखा सुनार र खिमलाल शर्माको मनोनयन परेको निर्वाचन मण्डलका अध्यक्ष शारदा प्रसाद कोईरालाले जनाएका छन ।

खुल्ला, भुगोल र विभिन्न कलस्टरका सदस्य पदका लागि १ सय बढिको मनोनयन दर्ता भएको छ । आज मनोनयन दर्ता मात्र गरिने र बाँकी निर्वाचनका कार्यक्रम आईतवार विहान सार्वजनिक गरिने कार्यक्रम तय भएको निर्वाचन मण्डलले जनाएको छ ।

आईतवार विहान सम्म मनोनयन दावि विरोध, उम्मेदवारी फिर्ता संगै अन्तिम नामावलि प्रकाशित गरिनेछ । सकेसम्म एमाले नेतृत्वले मिलाएर नगर कमिटी बनाउने प्रयास गर्ने भएपनि कुनै पनि उम्मेदवारले आफु ब्याक हुने छाँट नदेखाएपछि चुनाव हुने निश्चित प्राय भएको छ । निर्वाचन नै हुने अवस्था भएमा आईतवार विहान ९/१० बजे देखि मतदान थालिने निर्वाचन मण्डलले तयारी गरेको जनाएको छ ।

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech