२९ बैशाख २०८१, शनिबार

बैजनाथ पालिका कमिटि अध्यक्षमा खत्री, डुडवामा त्रिपाठी सर्वसम्मत
  • न्युज मानसराेवर

बैजनाथ,बाँके:नेकपा एमाले बैजनाथ गाउ पालिका बाँकेको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा मन बहादुर खत्री, उपाध्यक्षमा एकता शाह, सचिवमा नन्द ढकाल, उप सचिवमा पदमा रोकाय र मेघ बहादुर सुनार सर्वसम्मत चयन भएका छन ।

अधिवेशनले ६८ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको गाउँपालिका कमिटीका सह इन्चार्ज राजु रूचालले बताए ।
अधिवेशनको उदघाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

यसैगरि नेकपा एमाले डुडवा गाउँपालिका दोस्रो अधिवेशनबाट अध्यक्षमा बिनय राज त्रिपाठी,उपाध्यक्ष राज कुमारी मौर्या,सचिव महेश कुमार चौधरी, उपसचिव तुलसीराम पुन र श्याम सुन्दर यादव सहितको सर्बसम्मत नेतृत्व चयन भएको नेकपा एमालेका बाँके उपाध्यक्ष डिल्लि विसिले वताएका छन ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech