२९ बैशाख २०८१, शनिबार

आफैंले बनाएको घरेलु हतियार पड्किएर एक जना घाइते
  • न्युज मानसराेवर

राप्तीसोनारी :बाँकेमा आफैंले बनाएको घरेलु हतियार पड्किएर एक जना घाइते भएका छन् । गएराती राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारु आफैंले बनाएको घरेलु हतियार पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

युट्युब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाई आफ्नै पाइन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएर दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिन गई घाइते भएको प्रहरीले जनाएको छ ।  थारुको नेपालगन्ज मेडिकल कलेज नेपालगंजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ। हतियार प्रहरीलेले नियन्त्रणमा लिएको छ ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech