४ जेष्ठ २०८१, शुक्रबार

बाँकेको नौबस्ता स्थित क्षेत्रीय कारागार उद्घाटन
  • न्युज मानसराेवर

 बैजनाथ,बाँके: उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले बिहीबार बाँकेको  बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षत्रीय कारागारको उद्घाटन गरेका छन् । कारागार उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थी लगायतले बोलेका थिए । बाँकेका सुरक्षा निकायका प्रमुख, तथा प्रतिनिधि, कागागार कार्यालयका अधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउनसकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो । नेपालगन्जमा कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि संचालन गरिने तयारी कारागार ब्यवस्थापन बिभागको रहेको छ । ९ बिघाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech