५ जेष्ठ २०८१, शनिबार

तातो हावाबाट जोगाउन नेपालगन्जका घर–घरमा स्वयंसेवक
  • न्युज मानसराेवर

नेपालगन्ज:सर्वसाधारणलाई तातो हावाबाट जोगाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका घर–घरमा स्वयंसेवक खटाइको छ । उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकाले घर–घरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ मा स्वयं सेविका पुनम सोनीका साथमा स्थानीय दुई किशोरी सन्ध्या शाही र रोजिना बुढाथोकीलाई स्वयं सेवक खटाइएको छ ।

उनीहरूले हातमा पर्चापम्पलेट लिएर जोखिममा रहेका घर–परिवारको घरदैलोमा भटी अत्यधिक गर्मी र लु बाट बच्न उपाय सिकाउने गरेका छन् । घरदैलोका क्रममा उनीहरूले अत्यधिक गर्मी र लु बाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्ने लगायतका विषयमा जानकारी दिइरहेको रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाले बताउनुभयो ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech