५ जेष्ठ २०८१, शनिबार

जुना बोहराका दुई सन्तानलाई शिक्षण अस्पतालले १२ सम्म पढाईदिने सहमति
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुरको सडक दुर्घटनामा परि शिक्षण अस्पतालमा मृत घोषणा गरिएकी सल्यान वनगार कुभिण्डे माईती भएकी जुना वोहराका २ सन्तानलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले निजहरुले अहिले अध्यन गरिरहेको विद्यालयमा कक्षा १२ सम्म पढाउने सहमति भएको छ ।

आज आईतवार बसेको अस्पताल पक्ष र पिडित पक्षविचको वार्तामा अस्पताल प्रसासनले उक्त सहमति जनाएपछि मृतक जुना वोहराको लाशलाई भ्यान्टिलेटरवाट निकालेर लाश घरमा राखिने भएको छ । पढाईका अलावा अस्पतालले वाहिरवाट कम्प्युटर सिकेर आएमा निज जुना बोहराका २ सन्तानलाई नोकरीको समेत ब्यबस्था गर्ने सहमति भएको अस्पताल श्रोतले न्युज मानसरोवरलाई जनाएको छ ।

जुना बोहराको मृत्यु पछि उत्पन्न विवाद यो सहमतिसंगै सकिएको भएपनि गाडिमालिक उदित वावु रेग्मीसंग भने पिडित पक्ष वार्तामा बस्न बाँकी नै रहेको छ । पिडित पक्षले गाडि धनिका तर्फबाट विमा वापतको रकमको अलावा थप रकमको माग गर्नेगरि वार्तामा वस्ने वताएका छन ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech