६ जेष्ठ २०८१, आईतवार

जसपा बाँकेमा फुटको परेन असर राईको नेतृत्वमा सबै एक ढिक्का
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:केन्द्रमा पार्टी फुटेपनि जिल्लामा पार्टी एक ढिक्का रहेको ‘जसपा’ बाँकेका जिल्ला स्थित नेताहरुले बताएका छन् । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले ५१ सदस्यीय जिल्ला कार्यसमिति राईको नेतृत्वमा एक ढिक्का रहेको दाबी गरेका हुन् । ‘बाँकेमा कुनै पनि नेता दुई पक्षमा बाँडिएको छैनन्’, उनले भने ।

जसपाका केन्द्रीय नेता मो. इस्तियाक राईलाई अशोक राई नेतृत्वको ‘जसपा’मा महासचिव बनाइएको छ । महासचिव राईकै नेतृत्वमा जिल्लामा पार्टी एक ढिक्का रहेको पार्टीका जिल्ला स्थित नेताहरुले बताएका हुन् ।

विभाजित पार्टीमा संघीय संसदका सात जना संसद रहेका छन् । यसअघि पार्टीको केन्द्रले राजिनामा दिन भनेपछि पार्टीका बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले राजिनामा दिएका थिए । आइतबार पार्टी फुटेपछि उनले सोमबार लुम्बिनी प्रदेशमा कृषि मन्त्रालय सम्हालेका छन् । अहिर पनि राईकै नेतृत्वमा रहेको ‘जसपा’मा रहेको जसपाका जिल्ला नेताले बताएका छन् ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech