६ जेष्ठ २०८१, आईतवार

महिला शिक्षकहरुको प्रदेश स्तरीय सम्मेलन कोहलपुरमा हुने
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलको प्रांगणमा आउदो शनिवार लम्विनी प्रदेश भरका विद्यालयदेखि क्याम्पस सम्मका महिला शिक्षकहरुको सम्मेलन हुन लागेको नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रिले पत्रकार भेटघाटका क्रममा जानकारी दिएका छन ।

नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा बाँकेको आयोजनामा सम्पन्न हुने सम्मेलनको लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्रि माननिय रत्न खत्रिले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ भने प्रदेशका १२ जिल्लावाट सामुदायिक, संस्थागत र क्याम्पस लेभलका गरि करीव ३ सय महिला शिक्षकहरुको सहभागिता रहने आयोजक नेल्टा बाँकेले जनाएको छ ।

एकै दिनमा सम्पन्न हुने सम्मेलन २९ गते शनिवार विहान ८ वजेवाट शुरु हुनेछ । सम्मेलनमा महिला शिक्षकहरुलाई परम्परागत शैलिमा अध्यापन गर्ने परिपाटिलाई ब्रेक गर्दै समय तथा युग सुहाउदो प्रविधियुक्त शिक्षण सिकाईकावारे सुसोचित गराईने गरि कार्यक्रम सेडुल तयार पारिएको अध्यक्ष खत्रिको भनाई छ ।

प्रत्यक्ष रुपमा महिला शिक्षकहरुको शशक्तिकरण गर्ने मुख्य ध्ययकासाथ आयोजना गरिने सम्मेलनले महिलाहरुलाई पनि उच्च शिक्षा सम्म पुग्ने सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ ।

महिला शिक्षकहरुलाई आधुनिक युग सुहाउदो शिक्षण सिकाईका निम्ति उत्साह थप्दै कोहलपुर घोषणा पत्र जारी गर्ने गरि बिज्ञहरुको टोलिले समेत प्रशक्षिण दिईने छ भने प्रशिक्षणकालागि नेपाल अंग्रेजी भाषा शिक्षक संघका केन्द्रिय अध्यक्ष डा. लक्ष्मण ज्ञावालि र निर्वतमान अध्यक्ष मोतकला सुब्बवा देवानका अलावा लुम्विनी प्रदेशका महिला सांसदहरुको पनि सहभागिता रहने आयोजक नेल्टा बाँकेले जनाएको छ ।

सम्मेलनले डिजिटलाईज यो जमानामा परम्परागत शिक्षण विधिबाट माथि उठी आधुनिक प्रबिधियुक्त शिक्षण सिकाई प्रविधियुक्त तथा दक्ष शिक्षक उत्पादन गर्न तीनै तहका सरकारको समेत ध्यान आर्कषित गराउन सफल हुने समेत आयोजकको विश्वास रहेको छ ।

सहभागिहरुवाटै सहभागिता शुल्क वापत उठेको रकमले सम्मेलनको खर्च धान्ने गरि आयोजित सम्मेलनमा करिव ३ लाख खर्च हुने पुर्वानुमान गरिएको छ भन्दै नेल्टा बाँकेका उपाध्यक्ष संजिव कुमार सिंघालले समग्र महिला शिक्षकहरुको शैक्षिक उन्नयन तथा सुधारको अपेक्षाका, अनुभव आदान प्रदानका साथ सम्मेलन समापन गरिने वताए ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech