६ जेष्ठ २०८१, आईतवार

उत्साहजनक रुपमा कोहलपुर नगरको ११ औं स्थापना दिवस सम्पन्न (फोटो फिचर)

ईमान्दारीता र जवाफदेहितालेठुलो महत्व राख्ने : ढकाल

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकाले आफनो स्थापना दिवस उत्साहजनक रुपमा सम्पन्न गरेको छ । ११ औं स्थापना दिवसलाई तीन दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै आफनो स्थापना दिवस सम्पन्न मनाउने निर्णय गरेको कोहलपुर नगरपालिकाले आज मंगलवार अन्तिम दिन विहान प्रभातफेरीको आयोजना गरेको थियो भने उक्त प्रभातफेरी कोहलपुर खुल्ला मञ्जमा सभामा परिणत भएको थियो ।

कोहलपुरको खल्ला मञ्चमा आयोजित ११ औं स्थापना दिवसको सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन । उनले कोहलपुर वनाउने हो भने राष्ट्रको ध्यान खिच्न सक्नुपर्ने वताउदै यहाँको समग्र विकासका निम्ति जनताले जनप्रतिनिधिहरुलाई साथ दिनुपर्नेमा जोड दिए ।

राजनैतिक परिवर्तन ल्याउन केहि दल ब्यक्तिले संभव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपुर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति हामीले जहावाट भुमिका खेलिरहेका छौं त्यहाँ हामीले कत्तिको ईमान्दारीता र जवाफदेहिता दिईरहेका छौं भन्ने कुराले ठुलो महत्व राख्ने वताए ।

कोहलपुर क्षेत्रमा भएका सरकारी जग्गा जमिन फिर्ता नभए सम्म सरकारी कामकाजका कार्यालयहरु ल्याउन समेत अप्ठयारो हुने भएकाले अव कमा फुलस्टप, वट तथा तर पनि नलगाई अतिक्रमित जग्गा फिर्ता गर्नैपर्नेमा जोड दिएका सांसद ढकालले कोहलपुरको विकासलाई मुर्तरुप दिन नगरवासिको साथ सहयोग रहे मात्र संभव हुने भन्दै अतिक्रमित जग्गा फिर्ता अभियानमा यहाँका जनताको पनि खुलेर सर्मथन साथ रहनुपर्नेमा जोड दिए ।

कोहलपुर शैक्षिक, स्वास्थय, खेलकुद र पर्यटकिय संभावना बोकेको शहर हो तर यस दिशातर्फ जान हामी के कुरामा अलमलमा परेका छौं उक्त कुराको पहिचान गर्दै हामीले एक्यबद्धता र प्रतिबद्धताको खाँचोलाई चिर्नुपर्छ ढकालले भने ।

लम्विनी प्रदेशका माननिय सांसद कृष्ण केसि नमुनाले हामी सबैको एउटै उदेश्य रहेको औंल्याउदै कोहलपुरलाई कसरी संबृद्द बनाउन सकिन्छ र यहाँको बिकासका कुराहरुलाई कसरी केन्द्रित गर्न सकिन्छ भन्ने बिषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिइन । उनले पक्षिम नेपालकै केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह संभाबनाहरु रहेको औंल्याउदै प्रयाप्त ती संभाबनाहरुलाई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गरिन ।

नगर प्रहरीको स्वागत गित तथा उप प्रमुख संगिता सुवेदीको स्वागत मन्तब्य संगै प्रारम्भ भएको ११ औं स्थापना दिवस समारोहमा लुम्विनी प्रदेशका माननिय सांसदहरु दुर्गा प्रसाद चौधरी, वसन्ती अधिकारी, नेपाली काङग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौंडेल, नेकपा एमाले नगर अध्यक्ष कुल प्रसाद भट्टराई, नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष अवराज खडका, राष्ट्रिय स्वतन्त्र पार्टिका लुम्विनी प्रदेश संयोजक डा. राज कुमार सुवेदी, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सचिव रुद्रमणि न्यौपाने, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, कोहलपुर नगरपालिकाका पुर्व नगर प्रमुख लुट वहादुर रावत लगाएत बक्ताहरुले शुभकामना सन्देशसका साथ सम्वोधन  गरेका थिए ।

नगरका कर्मचारी एबं ११ औं स्थापना दिवसका अवसरमा सर्वोउत्कृष्ठ हुने बिभिन्न बिद्यालयका वाल वालिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा पञ्चै वाजा, सिंगारु टप्पा नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती बाँकेकी उपाध्यक्ष सिता कार्कि, बाँके प्रहरी प्रमुख कुल वहादुर कार्कि, खजुरा गाउ पालिकाका उपाध्यक्ष मञ्जु मल्ल, कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, एमाले लुम्विनी प्रदेश सदस्य गोपाल गिरी, एमाले,बाँके सचिवालय सदस्य वलराम भट्टराई, एकिकृत समाजवादिका नगर अध्यक्ष शिव डाँगि, नेपाली काङग्रेस क्षेत्रिय सभापति वलराम शर्मा, ३० नं. गणका गणपति विमल डाँगि, ४२ नं. गणका गणपति क्षितिज खत्रि, नौवस्ता तालिम केन्द्र प्रमुख प्रविन कडेल, शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेश कनौडिया, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारी, पुर्व नगर विकास समितीका अध्यक्षहरु, पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभाध्यक्षतामा आयोजित सभाको सञ्चालन भने नगरका प्रेस संयोजक प्रिया स्मृती ढकालले गरेका थिए ।

भिडियो

 

 

 

 

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech