६ जेष्ठ २०८१, आईतवार

सिटिभिटिको कार्यालय प्रदेश राजधानि दाङ्गमा सार्न मन्त्रि खत्रिको निर्देशन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटी)को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी दाङ्गमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।

सिटिईभिटीका प्रदेश निर्देशक गोपाल आचार्यलाई मन्त्रालयमा बोलाएर मन्त्री खत्रीले हाल बुटवलमा भाडामा सञ्चालित प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । मन्त्री खत्रीले भन्नुभयो, “प्रदेशका कार्यालयहरू अन्यत्र, त्यसमा पनि भाडामा हुनु राम्रो भएन, राजधानी केन्द्रित हुनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको छ ।”

मन्त्री खत्रीले सिटिईभिटीको कार्यालयका लागि जग्गा खोजी तथा भवन निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने भन्दै भाडामा भएपनि तत्काल कार्यालय प्रदेश राजधानी ल्याएर सहयोग गर्न आग्रह गर्नुभयो । सिटिईभिटीका लागि सरकारी भवनको पनि खोजी गर्न सकिने बताउनुभयो ।

सिटिईभिटीलाई सामाजिक विकास मन्त्रालय मातहत ल्याउन शिक्षा मन्त्रीलाई आग्रह गरिसकेको उहाँको भनाइ छ । सो अवसरमा निर्देशक आचार्यले १२ वटै जिल्लाका लागि पायक पर्ने गरी प्रदेश राजधानीमा कार्यालय स्थानान्तरण गर्न सकारात्मक भएको बताउनुभयो । कार्यालयका लागि जग्गा प्राप्तिका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech