६ जेष्ठ २०८१, आईतवार

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० घाइते
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गते सम्ममा उनीहरूको मृत्यु भएको हो।

आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर ३ जनाले ज्यान गुमाएको तथा ९० जना घाइते भएको प्राधिकरणले बताएको छ। यसैबीच प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ। यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो।

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech