६ जेष्ठ २०८१, आईतवार

बैंकले सताएको भन्दै बर्दियाका ब्यापारी मृत्युको मुख सम्म पुग्नु दु:खद: उद्योग ब्यापार संघ कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बर्दियाको राजापुर नगरपालिकामा ब्यापार ब्यबसाय गर्दै आएका स्थानिय खुसिराम चौधरी बैंकको ज्याजतिका कारण मृत्युको मुख सम्म पुग्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना गरिएको भन्दै उद्योग ब्यापार संघ कोहलपुरले दुख ब्यक्त गरेको छ । उद्योग ब्यापार संघ कोहलपुरका अध्यक्ष विष्णु खनाल र महासचिव शंकर न्यौपानेले एक प्रेस बिज्ञप्ति जारी गर्दै निवर्तमान वडा अध्यक्ष खुशिराम चौधरीले एभरेष्ट बैंकका ऋण अधिकृत कर्मचारी मनोज अर्याल र ज्योती विकास बैंकका कर्मचारीहरुको दैनिक मानसिक यातना, धम्कि र कर्जा तिर्न दिएको दवाफ सहन नसकि भिडियो रेर्कड गर्दै आत्महत्या गरेको घटना बाहिरिए पछि उद्योग ब्यापार संघ कोहलपुरले दुख ब्यक्त गरेको हो ।

मृतक खुसिराम चौधरीलाइ ऋण असुलिका नाममा आत्महत्या गर्न बाध्यपार्ने एभरेष्ट बैंक शाखा कार्यालय राजापुरका ऋण अधिकृत मनोज अर्याल लगायत बैकका कर्मचारी र ज्योति विकाश बैकका कर्मचारीलाइ तत्काल कानुनि र्कावाहि गरी हदै सम्मको सजायको लागि यस उद्योग ब्यापार संघ कोहलपुर अनुरोध गर्दछ जारि विज्ञप्तिमा भनिएको छ ।

नेपालमा ऋण असुलिका नाममा बैक तथा वित्तिय सस्थाका कर्मचारीले दिएको मानसिक यातना तथा धम्कीका कारण धेरै मानिसले अनाहकमा ज्यान गुमाउनु परीरहेको छ भन्दै उक्त विज्ञप्तिमा यस्तो निन्दनिय कार्यप्रति यस उद्योग ब्यापार संघ कोहलपुर घोर भर्त्सना गर्दछ भनिएको छ ।

मृतक परिवारलाइ क्षतिपुर्तिको माग सहित पिडक एभरेष्ट बैकका रिण अधिकृत मनोज अर्याल लगायत बैकका कर्मचारी र ज्योतिविकाश बैकका कर्मचारीलाइ तत्कालपक्राउ गरी सत्य तथ्य पता लगाइ पिडितलाइ न्याय र पिडकलाई हदै सम्मको कार्बाहिको माग गर्दछौ भन्दै उद्योग ब्यापार संघ कोहलपुरले यसको तत्काल सुनुवाइ नभए  बाँके तथा बर्दियाका सम्पुर्ण व्यवसायि आन्दोलनमा होमिन बाध्यहुने चेतावनि समेत जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech