१२ श्रावण २०८१, शनिबार

ज्ञान बहुमुखी क्याम्पसमा एकैसाथ स्वागत तथा विदाई

पछिल्लो समयमा पश्चिम नेपालमै गणित पढन पाउने भएपछि अध्यन गर्नेको संख्यामा बृद्धि

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको ज्ञान बहुमुखी क्याम्पसमा स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत एबं चौथो बर्षका विद्यार्थीहरुलाई विदाई गर्दै क्याम्पसले शनिवार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई एकै साथ स्वागत तथा विदाई कार्यक्रम समपन्न गरेको छ ।

साविक मध्य तथा सुदुर पश्चिममै गणित बिषयको अध्यापन गराउने क्यामपसले चौथो बर्षका विद्यार्थीहरुको आसन्न परिक्षामा सफलताको कामना गर्दै स सम्मान विदाई गरेको हो भने नव आगन्तुक स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई क्याम्पस परीवारका रुपमा स्वागत गरेको हो ।

गणित र विज्ञान विषयका विषयगत शिक्षकहरु नपाईने अवस्थामा क्याम्पसले शुरुका दिनहरुमा २, ३ जना विद्यार्थीहरुलाई मात्र अध्यापन गराउदै आएपनि पछिल्लो समयमा पश्चिम नेपालमै गणित पढन पाउने भएपछि अध्यन गर्नेको संख्यामा समेत बृद्धि भई २५ जना पुगेको क्याम्पसका पुर्व क्याम्पस प्रमुख मणि प्रसाद गैरेले न्युज मानसरोवरसंगको कुराकानिका क्रममा बताए ।

विदाई तथा स्वागत कार्यक्रमलाई समवोधन गर्दै कोहलपुर नगरपालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी संगिता सुवेदीले विद्यार्थीहरुको वैदेशिक मोहलाई रोक्न समेत दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने वताउदै शैक्षिक क्षेत्रमा गणित विषयका शिक्षक अभावलाई रोक्न क्यामपसले गुणस्तरी, ब्यबहारीक र समय सुहाउदो शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिईन ।

उनले विषयगत शिक्षकहरुको प्रत्यक विद्यालयहरुमा कमि छ त्यस्मा पनि गणित र विज्ञान शिक्षक पाउन नै गाह्रो अवस्थामा पनि ज्ञान बहुमुखी क्याम्पसले गणित शिक्षण अध्यापनलाई निरन्तरता दिएको प्रति उच्च प्रशंसा गर्दै विद्यार्थीहरुलाई विदेश जानबाट रोक्न अहिले तत्काल आवश्यक बिषयहरुमा अध्यापन गराउन जरुर रहेको वताईन ।

नगरपालिकाले के साथ सहयोग गर्न सक्छ गर्न तत्पर छ भन्दै उप मेयर संगिता सुवेदीले क्याम्पसले गणित विषयको निरन्तरतामा आफनो पनि हातेमालो रहने कुरा उल्लेख गरिन ।

स्नातक दास्रो बर्षका छात्र सागरनाथ योगिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व क्याम्पस प्रमुख एबं अंग्रजी विषय प्राध्यापक केशवराज सिग्देलले उपस्थितहरुमाझ क्याम्पसको अवस्थाका वारे चर्चा गर्दै सिंगो कोहलपुर क्षेत्रको शैक्षिक अवस्थाकाबारे चिरफार गरेका थिए ।

ज्ञान बहुमुखि प्रा.लि. का अध्यक्ष ज्ञानेन्द्र खनाल, क्याम्पस प्रमुख टेक वहादुर गरुङ, सल्लाहाकार समितीका संयोजक चक्र वहादुर अधिकारी, कोहलपुर वडा नं. ११ का पुर्व अध्यक्ष कर्ण वहादुर थापा, क्याम्पसका प्राध्यापक तथा छात्र छात्राहरुको बाक्लो उपस्थिती रहेको स्वागत तथा विदाई कार्यक्रममा कार्यक्रमको स्वागत बिबिएस दास्रो बर्षकी छात्रा मधु थारुले गरेकी थिईन ।

उपस्थित अतिथी तथा स्वागत तथा विदाई भई जाने छात्रछात्राहरुलाई विभिन्न सांस्कृतिक खुराकले आयोजक विद्यार्थीहरुले भरपुर मनोरञ्जन दिंदै चर्को गर्मिलाई समेत भुल्ने गरि आ आफनो प्रस्तुतीहरु पस्किएका थिए ।

१५ बर्षदेखि कोहलपुरमा ज्ञानको ज्योतीलाई प्रज्जवलीत गर्दै आएको ज्ञान बहुमुखी क्याम्पसको कार्यक्रमलाई नगर उप प्रमुख संगिता सुवेदीले क्याम्पसको हाताभित्र विरुवा रोप्दै कार्यक्रमको उदघाटन गरेकी थिईन । नव आगन्तुक विद्यार्थी, विदाई भई जाने विद्यार्थी तथा अतिथीहरुलाई क्याम्पसले मायाको चिनो समेत प्रदान गरेको कार्यक्रमको सञ्चालन भने क्याम्पसका प्राध्यापक भिम खरेलले गरेका थिए ।

 

  • ५ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech