१२ श्रावण २०८१, शनिबार

कोहलपुर विएलई फेक नतिजा प्रक्ररण ५ जना प्रहरी फन्दामा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट ‘इन्ट्री’ गराईएको प्रतिवेदन सार्वजनिक भएको लामो समय पछि कोहलपुर प्रहरीले सो नतिजा प्रकाशनमा संलग्न ५ जनालाई आफनो कब्जामा लिई अनुसन्धान शुरु गरेको छ । । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यो घटना पुष्टि भएको थियो । प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका बदमासी फेला परेको थियो ।

यति धेरै बदमासी गर्दा पनि नगरपालिकाभित्रको कक्षा ८ को विद्यार्थीको उत्तीर्ण दर औसतमा ३८.३४ प्रतिशत मात्रै थियो । उक्त नतिजामध्ये संस्थागत विद्यालयतर्फ ६९.८७ प्रतिशत रहे पनि सामुदायिकतर्फ भने १४.८० प्रतिशत मात्रै छ । नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारूलाई विभागीय कारबाही गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ ।

यद्यपि यो कारवाहिलाई नगरपालिकाले कार्यान्वयन भने गर्न सकेको थिएन । नतिजा गलत निकाल्नमा संलग्न र तिनका मतियारहरु पक्राउ परेपछि भने कारवाहि हुने झिनो आसा पलाएको कोहलपुरको शिक्षालाई सहि दिशामा लैजान अहोरात्र खटने शैक्षिक अभियान्ताहरुको वताएका छन । पक्राउ पर्नेमा रमेश चाैधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम खत्री रहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

  • ८ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech