१२ श्रावण २०८१, शनिबार

ब्यवसायी देवानन्द अर्याल पक्राउ
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  लामो समय शंघर्ष गर्दै सफल ब्यबसायीका रुपमा चिनिएका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोहलपुरमा हाम्रो वजार स्थापनार्थ कनौडिया परिवारसंग जग्गा लिएकोमा जग्गा किन बेच बापत चेक दिएकोमा उक्त चेक पटक पटक बाउन्स भई नसाटिए पछि उनी पक्राउ परेका हुन ।

यस बिषयमा डाक्टर नितेश कनौडियासंग बुझदा कनौडियाले उनको पव्लिकमा इन्सल्ट हुने कुनै कुरा वोल्न नचाहेको प्रतिक्रिया दिएका छन । ंकोहलपुरमा रहेको तारे होटेलका मालिक समेत रहेका देवानन्द अर्याल उक्त होटेल बेचि बर्दियामा सेन्टर प्लाजा जंगल रिर्सोट सञ्चचालन गर्दै आएका थिए । कनौडिया संग लिएको दश विगाहको उक्त जग्गा पनि देवानन्दले बिक्रि गरि सकेको र सो वापत प्राप्त रकम समेत कनौडियालाई भुक्तानि नदिएपछि उनी पक्राउ परेका हुन । अर्याल पछिल्लो समय दुर्गा प्रसाईको बैंकलाई पैंसा नर्तिन उर्दि गर्ने समुहमा समेत देखिदै आएका छन ।

  • ८ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech