१२ श्रावण २०८१, शनिबार

नेपालगन्जका विद्यालयमा तीन दिन गर्मी विदा
  • न्युज मानसराेवर

नेपालगञ्ज:  गर्मी अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मी र ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिन विद्यालयहरुमा विदा दिइएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बताए । विपद व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार विदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा छ भने १९ गते शनिवार परेको छ । नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech