१ असार २०८१, शुक्रबार

राप्तीसोनारीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु, तीन घाइते
  • न्युज मानसराेवर

राप्तीसोनारी,बाँके: बाँकेमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । तीन जना महिला घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका–८ खल्ला गाउँकी ४० वर्षीया पुतला खत्रीको आज अपराह्न साढे ४ बजेतिर परेको चट्याङबाट घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी ढकेरीले जनाएको छ ।

आफ्नो गाउँदेखि अन्दाजी एक किलोमिटर उत्तरतर्फ रहेको घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा हावाहुरी र पानीसहित परेको चट्याङबाट सोही ठाउँका ४२ वर्षकी देबा घर्ती, ३६ वर्षकी लिला खत्री र २६ वर्षकी कलसी बुढा घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेका छन् ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech