१२ श्रावण २०८१, शनिबार

मौसममा अपेक्षित सुधार नआएको भन्दै कोहलपुर नगरका विद्यालयमा ३ दिन विदा थप
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: मौसम प्रतिकुलताका कारण देखाउदै जेठ १६ गते देखि २२ गते सम्म बर्षेविदाबाट कट्टा हुनेगरि शिक्षण सिकाई क्रियाकलाप स्थगन गरेको कोहलपुर नगरपालिकाले मौसममा अपेक्षित सुधार नआएको भन्दै नगरपालिका भित्रका विद्यालयहरुमा थप ३ दिन बिदा दिने जनाएको छ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालद्धारा सबै विद्यालयहरुका नाममा जारी गरिएको परिपत्रमा जेष्ठ २३ गते देखि २५ गते सम्म बर्षे विदा बाट कट्टा हुनेगरि विद्यालय बन्द गराउन निर्णयानुसार अनुरोध छ भन्ने उल्लेख गरिएको छ ।

यता अभिभावकहरुले भने समय अनुकुल विहानको समयमा विद्यालय खोल्नुपर्नेमा विदा थप गरेको प्रति असहमत जनाउदै उखरमौलो गर्मि र बाल वालिकाहरु घरमा बस्नुको साटो गर्मि विदामा बिभिन्न स्थान घुम्ने, पौडि खेल्ने मात्र नभई पौडि खेल्ने नाममा अकालमा ज्यान गुमाउने गरेको प्रति चिन्ता प्रकट गरेका छन ।

 

 

 

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech