४ श्रावण २०८१, शुक्रबार

बैजनाथमा अव डिजिटल नागरिक बडापत्र

पालिकाभित्र रहेका आठै वटा वडाहरूमा ‘डिजिटल बडापत्र’ जडान गरिने

  • न्युज मानसराेवर

बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘डिजिटल’ बनाउन सुरु गरेको छ । बजैनाथले पालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठै वटा वडाहरूमा ‘डिजिटल बडापत्र’ जडान गर्न लागेको हो । बैजनाथले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इन्फोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक बडापत्र’ र वडाहरूमा ‘नागरिक बडापत्र’ जडान गरी सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।

सो क्रममा पालिका अध्यक्ष शाहीले बजैनाथले पालिकालाई पूर्ण ‘डिजिटल’ बनाउन पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको जिकिर गर्दै भने प्रविधिसँग पालिकालाई जोड्न आगामी वर्षहरुमा पनि योजना तर्जुमा गरेर अघि बढ्ने छौं । वडाहरूमा नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि नागरिकहरूलाई दिइने सेवा सुविधाका बारेमा सहजरुपमा सूचना प्रवाह हुने वडा नम्बर १ का वडाअध्यक्ष रूपबहादुर मल्लको बुझाई छ । ‘जनताले पाउने सूचना प्रवाह पहिला पुरानो तरिकाले हुने र झण्झटिलो हुने हुँदा अब सरल रुपमा सबैलाई जानकारी हुन्छ,’ । बैजनाथ गाउँपालिकाले के गरिरहेको छ भन्ने कुरा प्रत्येक दिन हेर्न सक्ने मल्लले भने ।

बजैनाथले सञ्चालन गरेको डिजिटल नागरिक वडापत्रमा पालिकाले प्रदान गर्ने सेवा सुविधा र त्यसमा लाग्ने शुल्क, पालिकाको अवस्था, पालिकाका गतिविधि, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण सहजै हेर्न मिल्ने निन्जा इन्फोसिसले जनाएको छ । साथै नागरिक वडापत्रमा बजैनाथले आवश्यकता अनुसार सेवा सुविधा र गतिविधि थप्न र हटाउन पनि सक्ने निन्जाले जनाएको छ ।

गाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडामा शुक्रबार नै जडान गरिएका बडापत्रको अनुगमन गरिएको छ, भने बाँकी वडाहरूको अनुगमन आइतबार गरिने पालिकाले जनाएको छ । पालिकाको कार्यालयमा जडान गरिएको ‘डिजिटल नागरिक बडापत्र’ को उद्घाटन भने अध्यक्ष शाहीसँगै उपाध्यक्ष निर्मला रोकायले गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारीको उपस्थिति रहेको थियो

  • १ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech