४ श्रावण २०८१, शुक्रबार

कोहलपुरमा पत्रकार देखि उद्योगी ब्यवसायीहरुको सक्रियता
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेका उद्योगी ब्यबसायीहरुको सक्रियता बढन थालेको छ । कार्तिकमा उद्योग बाणिज्य संघले चुनावको मिति घोषणा गरेसंगै उद्योगी ब्यबसायीहरुको सक्रियता बढेको हो । आसन्न उद्योग बाणिज्य संघको चुनावमा होमिने आंकाक्षि उम्मेदवारहरुले अहिले देखि नै आफनो जित शुनिश्चित गर्न भेला, बैठक अन्तरक्रिया तथा घरदैलो गर्ने गरि आफनो सक्रियता बढाएका हुन । उनीहरुले उद्योगी ब्यबसायीहरुको ब्यबसाय दर्ता नविकरणमा सहजिकरण गर्ने देखि उद्योगी ब्यबसायीहरुले भोगेका विभिन्न समस्याहरु समेत संकलन गर्दै चुनावी एजेनण्डा बनाउन उद्धत रहेका छन ।

यसैविच शनिवार नेकपा एमालेको भातृ संगठन नेपाल उद्योगी ब्यबसायीक संगठन कोहलपुर नगर कमिटीलेले एक कार्यक्रमको आयोजना गर्दै आफना प्रतिनिधिहरुलाई बाणिज्य संघको चुनावमा विजय वनाउने रणनितीकाबारे छलफल गरेको छ । नेपाल उद्योगी ब्यबसायीक संगठन कोहलपुर नगर कमिटीका अध्यक्ष अञ्जना धितालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव बलराम भट्टराई, लुम्विनी प्रदेश कमिटीका पुर्व सदस्य तथा उद्योग बाणिज्य संघ कोहलपुरका पुर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, नेकपा एमाले नगर कमिटि कोहलपुरका अध्यक्ष कुल वहादुर भट्टराई लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।

उनीहरुले ब्यापारी तथा उद्योगीहरुको हकहितका लागि संगठनलाई चलाएमान वनाउदै संगठन र पार्टिलाई एकाकार गर्दै लैजानुपर्नेमा जोड दिएका छन । एमाले सचिव भट्टराईले ब्यबसायीहरुका समस्याहरुलाई पार्टिले समेत आत्मसाथ गरेर लैजाने औंल्याउदै संगठनको क्रियाशिलतालाई मुल्यांकनको बिषय बनाउनेमा जोड दिए ।

भुमिका र जिम्मेवारीलाई आधार मानेर पार्टिले कामको मुल्यांकन गर्ने बताउदै पार्टि सचिव भट्टराईले जुनसुकै उम्मेदवार उठेपनि विजय गराउन ईमान्दारीता पुर्वक नेता तथा कार्यकर्ताहरु नलागि सुखै नभएको जिकिर गरे । नगर अध्यक्ष कुल बहादुर भट्टराईले नेकपा एमालेको नेतृत्वमा जुनसुकै पार्टिले सहकार्य गर्न आएमा साथ रहने भन्दै प्रतिस्पर्धामा आए एमालेको संगठन पछि नहटनेमा जोड दिए ।

बाणिज्य संघका पुर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्माले ब्यापारीहरुलाई दलहरुले चन्दा लिन मात्र प्रयोग गरिरहेको भन्दै ब्यापारीका पिर मर्कालाई पनि पार्टि नेतृत्व पंतिले सम्वोधन गर्नुपर्नेमा जोड दिए । उनले करका प्रकार, ब्यापारको स्थिती, सटर बन्द गर्नुपर्ने बाध्यतालाई तीन तहकै सरकारले नजर अन्दाज गरिरहेको भन्दै ब्यापारी र ब्यबसायीहरुलाई राहतका कार्यक्रमहरु ल्याउन स्थानिय देखि केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

एसैविच प्रेस चौतरी नगर कमिटी कोहलपुरले समेत आसन्न पत्रकार महासंघको चुनावका विषयलाई लिएर भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नगर कमिटी अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय अनुसासन आयोग सदस्य बिष्णु प्रसाद बेल्वासे, पुर्व जिल्ला अध्यक्ष हेमन्त वि.क., प्रदेश सदस्य सरला सुवेदी,जिल्ला उपाध्यक्ष विनोद भट्टराई, जिल्ला सदस्यहरु धना केसि, पवित्रा परियार, रविन्द्र सिंह ठकुरी लगाएतले आसन्न चुनावका सवालमा आ आफनो धारणा राखेका थिए । कार्यक्रममा नगर उपाध्यक्ष ईश्वर पौडेल, सचिव रवि रोकाय लगाएत दर्जन बढि चौतारी संबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

  • २ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech